हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई बराबर बनाउन सुझाव



हाम्रो इकोनोमि

 

हवाई यात्रामा विदेशीबाट लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ । नेपाली र विदेशी दुवै नागरिकलाई एउटै मूल्य कायम गर्न कार्यदलको प्रतिवेदनले सुझाएको हो ।

नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्छ । यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेको छ ।

हवाई उद्योग तथा एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय भाडादर निर्धारण बजारको माग र आपूर्तिले गर्ने भएकाले राष्ट्रिय हवाई भाडादरमा पनि सोही नीति अवलम्बन गर्नुपर्ने सुझाव कार्यदलको रहेको छ । सरकारले पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा हवाईका विविध विषयमा सुझाव दिन कार्यदल गठन गरेको थियो । कार्यदलले डलर भाडा हटाएर समान भाडादर कायम गर्न सुझाव दिएको हो ।

नेपालमा आन्तरिक वायुसेवा कम्पनीले नेपाली र विदेशीका लागि फरक–फरक भाडा लिन्छन् । विदेशीहरु धेरै महंगो भाडा तिरेर हवाई यात्रा गर्न आकर्षित हुँदैनन् । त्यसकारण उनीहरु बाध्यता नपरेसम्म हवाई यात्रा गर्दैनन् । काठमाडौंबाट सुगम र नजिकका गन्तव्यमा मात्र गएर घुमघाम गरी फर्कने प्रवृत्ति उनीहरुमा हुन्छ । यसले पर्यटन विकासमा नै प्रभाव पार्ने निश्कर्ष कार्यदलको रहेको छ ।

पर्यटकबाहेक विदेशी कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा कार्यरत कूटनीतिक तथा विदेशी नागरिकले समेत असमान भाडादरमा चासो राख्ने गरेका छन् । नेपालले भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा डलर भाडा घटाउने घोषणा गरी पर्यटकलाई प्याकेज दिन पर्यटन व्यवसायीले माग गर्दै आएका छन् । तर, वायुसेवा सञ्चालक भने डलर फेयर हटाउन नहुने पक्षमा रहेका छन् । त्यसबाट मुनाफा घट्ने र सेवा सञ्चालनमै कठिनाई हुने दावी कम्पनीहरुको रहेको छ ।

कार्यदलले १३ मंसिर २०७६ मा ट्राभल एजेन्सीबाट विभिन्न रुटको भाडादर मागेर विश्लेषण गरेको थियो । त्यसअनुसार विदेशीलाई हवाई भाडा नेपालीलाई भन्दा तेब्बरसम्म बढि गरिएको पाइएको छ ।

कार्यदलले हवाई भाडादर खुला बजारले निर्धारण गर्ने सिद्धान्त अनुरुप नेपाली र विदेशीलाई दुई प्रकारको भाडातर कायम नगर्न सुझाव दिएको छ । यस्तो भाडादर बजार संयन्त्रलाई खुला छाड्ने र प्रगतिशील अवधारणामा एकल हवाई भाडादरको नीति लिन उपयुक्त हुने सुझाव प्रतिवेदनमा दिइएको छ । अब आन्तरिकतर्फ विदेशीका लागि पनि भाडामा अधिकतम सीमा तोक्नुपर्ने सुझाव दिइएको छ ।

नेपालीका लागि भने सरकारले अधिकतम र न्यूनतम भाडा तोकिदिएको हुन्छ । सोही सीमाभित्र रहेर कम्पनीहरुले भाडा लिन पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...