यी ८ वर्षीय बालक पाँच दिनदेखि वेपत्ता खोजि गरिदिन परिवारको आग्रह !



हाम्रो इकोनोमि

 

यी ८ वर्षीय बालक पाँच दिनदेखि वेपत्ता खोजि गरिदिन परिवारको आग्रह ! डडेल्धुरा जिल्ला अमरगढी ९ ढाँट गाउँ निवासी पूर्णबहादुर पालका छोरा ८ वर्षीय बालक प्रविन पाल ५ दिन*देखि बेपत्ता भएका छन् । पाल ५ दिन*देखि बेपत्ता रहेको बालकका आफन्त पुस्कर बहादुर पालले बताएका छन् । यही मंसिर १६ गते बिहान घर*बाट विद्यालय जान्छु भनि निस्केका बालक उतैबाट बेपत्ता भएको उनको भनाइ छ ।

उनी भागेश्वर मावि टाँटरमा कक्षा ३ मा पढ्दै थिए । १६ गते विद्यालय गएका बालक घर नआए*पछि विद्यालयमा बुझ्दा विद्यालयले पनि उपस्थित नभएको जानकारी गराएको थियो। बालक बेपत्ता भएपछि बालकका आफन्तले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दर्ता गरको छ ।

१८ गते बालक हराएको उजुरी प्रहरीमा आएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताएका छन् । बालकको खोजी कार्यमा प्रहरी लागि*परेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...