यी ८ वर्षीय बालक पाँच दिनदेखि वेपत्ता खोजि गरिदिन परिवारको आग्रह !



हाम्रो इकोनोमि

 

यी ८ वर्षीय बालक पाँच दिनदेखि वेपत्ता खोजि गरिदिन परिवारको आग्रह ! डडेल्धुरा जिल्ला अमरगढी ९ ढाँट गाउँ निवासी पूर्णबहादुर पालका छोरा ८ वर्षीय बालक प्रविन पाल ५ दिन*देखि बेपत्ता भएका छन् । पाल ५ दिन*देखि बेपत्ता रहेको बालकका आफन्त पुस्कर बहादुर पालले बताएका छन् । यही मंसिर १६ गते बिहान घर*बाट विद्यालय जान्छु भनि निस्केका बालक उतैबाट बेपत्ता भएको उनको भनाइ छ ।

उनी भागेश्वर मावि टाँटरमा कक्षा ३ मा पढ्दै थिए । १६ गते विद्यालय गएका बालक घर नआए*पछि विद्यालयमा बुझ्दा विद्यालयले पनि उपस्थित नभएको जानकारी गराएको थियो। बालक बेपत्ता भएपछि बालकका आफन्तले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दर्ता गरको छ ।

१८ गते बालक हराएको उजुरी प्रहरीमा आएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताएका छन् । बालकको खोजी कार्यमा प्रहरी लागि*परेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...