के हो युएसबी कण्डम, यसको प्रयोग किन र कतिबेला ?



 

हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट हाम्रो जीवन चलिरहेको छ र मोबाइल ब्याट्रिबाट ।

जब मोबाइलको ब्याट्री सिद्धिन्छ तब यस्तो लाग्छ कि जीवन रोकिएको छ । मोबाइलको बढ्दो प्रयोगका कारण मोबाइल चार्जिङको सुविधाका लागि विभिन्न स्थानमा युएसबी पोर्ट राखिएका हुन्छन् ।

तपाईं यसमा आफ्नो मोबाइल जोड्नुहुन्छ र चार्ज गर्न थाल्नुहुन्छ तर के तपाईंले कहिले सोच्नु भएको छ, यो कति सुरक्षित छ ?

जूस ज्याकिङः

मोबाइल चार्जर बोक्नु नपर्ने झन्झट र फाइदाजनक लाग्ने यो यूएबी पोर्ट हाम्रो गोपनियताका लागि कति ठूलो खतरा हो भनेर तपाईंले कहिले सोच्नुभएको छ ?

सार्वजनिक स्थानमा ठूलो परिमाणमा उपलब्ध हुने यूएसबी पोर्टको प्रयोगमार्फत् साइबर अपराधीले हाम्रो सबैभन्दा संवेदनशील डाटा चोर्नका लागि प्रयोग गर्न सक्छन् ।

यसबाट बच्नका लागि बजारमा कथित यूएसबी डाटा ब्लकर्स ल्याइएका छन् जसलाई ‘युएसबी कण्डम’ को नाम दिइएको छ ।

यो ‘कण्डम’ वास्तविक कण्डम झैं लेटेक्सको हुँदैन तर यसले तपाईंलाई समान रुपमा सुरक्षा प्रदान गर्छ । यसले तपाईंलाई ‘जूस ज्याकिङ’ बाट बचाउँछ ।

‘जूस ज्याकिङ एक प्रकारको साइबर अट्याक हो जसमा सार्वजनिक यूएसबी पोर्टमार्फत् तपाईंको मोबाइललाई संक्रमित गरिन्छ र तपाईंको मोबाइलमा मालवेयर इन्स्टल गरिन्छ । यसले तपाईंको नीजि जानकारीलाई साइबर अपराधीसम्म पुर्याउन सक्षम हुन्छन् ।

यसबारे नोभेम्बरको सुरुवाती हप्तामा ल्यूक सिसकले चेतावनी दिएका थिए । ल्यूक अमेरिकामा लस एन्जिल्स काउन्टीका अभियोजकको कार्यालयमा सहायक छन् ।

‘यूएसबी कण्डम’ सानो यूएसबी एडेप्टर जस्तै हुन्छ जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ । यो एडप्टर मोबाइललाई पावर सप्लाइ गर्छ तर डाटा आदानप्रदानलाई पूर्ण रुपमा रोकिदिन्छ ।

कति छ मूल्य ?

‘यूएसबी कण्डम’ अमेरिकी बजारमा १० डलरमा उपलब्ध छ र यदि सानो हुन्छ कि यसलाई जता पनि लैजान सकिन्छ ।

भारतमो यो पाँच सयदेखि हजार रुपैयाँमा अनलाइनमा उपलब्ध छ तर नेपालमा भने यसको उपलब्धताबारे खासै जानकारी छैन । ल्यूकका अनुसार यस्तो प्रकारको साइबर हमलाको परिणाम ‘विनाशकारी’ हुनसक्छ ।

उनी चेतावनी दिँदै भन्छन्, ‘एउटा निःशुल्क ब्याट्रि चार्जिङले तपाईंको बैंक खातालाई खाली गर्न सक्छ । यदि साइबर अपराधीले मालवेयर इन्स्टल गरिदिन्छ भने यसले तपाईंको फोन ब्लक हुनसक्छ र पासपोर्ट र घरको ठेगानाजस्ता संवेदनशील जानकारी चोर्न सक्छन् ।’

आइबीएमको साइबर सेक्युरिटी रिपोर्टका अनुसार ‘मालवेयर कम्प्युटिङ पावरलाई हाइज्याक गर्न सक्छ र तपाईंको मोबाइलले ढिला काम गर्न थाल्छ ।’

रिपोर्टमा संवेदनशील डाटा चोरी हुने खतराबारे पनि कुरा गरिएको छ । साइबर विशेषज्ञ पनि मानिसहरुलाई ‘यूएसबी कण्डम’ को प्रयोग गर्न सल्लाह दिन्छन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।