राष्ट्रपतिलाई शक्तिशाली बनाउन संविधान संशोधन गर्ने प्रधानमन्त्री ओलीको गोप्य तयारी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एकपछि अर्काे चक्मा दिने नेता हुन् । विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् ।

 

पछिल्लो समय सिंगापुरदेखि त्रिवि शिक्षण अस्पतालसम्मको सफर गरेका प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्काे चमत्कार गर्न तयारीमा छन् । अहिले स्वास्थ्य अबस्था केही कमजोर भएका कारण आफ्नो कदम अगाडी बढाउन सकेका छैनन् । तर केही दिनभित्रै संविधान संशोधन गरेर राष्ट्रपतिलाई शक्तिशाली बनाउने तयारी थालेका छन् ।

संविधान संशोधन गरी शक्तिशाली राष्ट्रपति बनाउन प्रधानमन्त्री ओलीले आफुु निकटका नेताहरुसँग केही महिनादेखि छलफल गरिरहेका छन् । सिंगापुर अस्पतालमा रहेका बेला ओलीले राष्ट्रपतिलाई शक्तिशाली बनाउने योजना बनाएको स्रोतले बताएको छ ।

 

संविधान संशोधन गरी शक्तिशाली राष्ट्रपति बनाउने बिषयमा ओलीले आफु निकटका नेता बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग सिंगापुरमै छलफल गरेका थिए ।  प्रधानमन्त्री सिंगापुर अस्पतालमा भएका बेला गौतम र पौडेल आकस्मिक सिंगापुर पुगेका थिए । आकस्मिक सिंगापुर पुगेका गौतम र पौडेलसँग शक्तिशाली राष्टपति बनाउने आफ्नो योजना सुनाएको स्रोतले बताएको छ । गौतम र पौडेललाई राजनीतिक सल्लाहकार बिष्णु रिमालले आकस्मिक सिंगापुर बोलाए थिए ।

 

प्रधानमन्त्री पछिल्लो समय स्वास्थ्य अबस्थाले कमजोर बनेका छन् । तर राजनीतिकरुपमा भने उनी अझै बलियो बन्दै गएका छन् । राष्ट्रपतिलाई शक्तिशाली बनाउने बिषयमा उनले पार्टीभित्र छलफल भने चलाएका छैनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कार्यकारी राष्ट्रपतिकै पक्षमा छन् । पूर्वमाओवादीको अध्यक्ष हुँदा प्रचण्डले कार्यकारी राष्ट्रपतिका लागि निकै ठुलो संघर्ष गरेका थिए । तर कांग्रेसले कार्यकारी राष्ट्रपति स्वीकार नगरेका कारण उनी पछि हटेका थिए ।

 

ओलीले ल्याउने कार्यकारी राष्ट्रपतिको प्रस्तावमा प्रचण्ड सहमत हुने निश्चित छ । तर वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल यो प्रस्तावमा तत्कालै सहमत हुन नसक्ने आँकलन गरिएको छ ।

अर्काे सत्ता साझेदार दल समाजबादी पनि कार्यकारी राष्ट्रपतिकै पक्षमा छ । वर्तमान उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र अर्का नेता बाबुराम भट्टराई पनि कार्यकारी राष्ट्रपतिकै पक्षमा छन् । कार्यकारी राष्ट्रपतिका पक्षमा संसदमा दुई तिहाई पुग्ने निश्चित छ ।

 

कार्यकारी राष्ट्रपतिको वकालत गर्दै आएका उपेन्द्र यादव संघिय मामिला, कानुन तथा न्यायमन्त्री छन् । उनलाई प्रस्ताव लिन सजिलो छ । तर संसदमा प्रतिपक्ष दल कांग्रेसको सामना गर्न असजिलो छ । प्रतिपक्ष दल कांग्रेसको सामना गर्न नेकपा संसदीय दलका नेता सुवास नेम्वाडलाई फेरी सभामुख बनाउने तयारी दुई अध्यक्षले गरी सकेका छन् ।

 

कार्यकारी राष्ट्रपतिको संबैधानिक ब्यवस्था गर्न र संसदबाट पारित गराउन नेम्वाडले मात्र सक्ने दुई अध्यक्षले निस्कर्ष निकालेका छन् । कार्यकारी राष्ट्रपति बनाउनकै लागि प्रदेश प्रमुख पनि फेरिएको आँकलन सत्तारुढ दलभित्र गर्न थालिएको छ । वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी पनि कार्यकारीकै पक्षमा छन् । पछिल्लो समय कार्यकारी राष्ट्रपतिका लागि उनले कसरत पनि थालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...