यी हुन जिल्ला हाक्ने ६ महिला कमाण्डर



हाम्रो इकोनोमि

 

निजामति सेवाका उच्च ओहदामा महिला कर्मचारीहरुको प्रवेश बढ्दो छ । पछिल्लो समयमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लाको कमाण्ड समेत महिलाहरुले गर्न थालेका छन् । गत मंगलबार मात्र गृह मन्त्रालयले ५ प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ ।र जस अनुसार भक्तपुर जिल्ला हाक्ने अधिकार पाएकी छिन सह सचिव हुमकला पाण्डेले । गृहले भक्तपुर, चितवन, मकवानपुर, पर्सा, लमजुङलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । पाण्डेले भक्तपुर हाक्ने जिम्मा पाएसँगै विभिन्न छ जिल्लाको सिडिओ महिलालाई खटाएको छ । यी ६ जिल्लाको कमाण्ड महिला सिडिओहरुले गर्दैछन् । यस अघि रामेछापमा लिलाकुमारी केसी पाण्डे, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओको रुपमा खटाइएको थियो । सरकारले गत मसिर १४ गते भएको उपनिर्वाचनपछि भक्तपुरमा सहसचिव हुमकलालाई सिडिओ नियुक्त गरेको थियो। यससँगै महिला सिडिओको सङ्ख्या छ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...