महिला काण्डले एसएसपीको जागिर धरापमा



हाम्रो इकोनोमि

 

महिला काण्डले नेपाल प्रहरीका एक एसएसपीको जागिर धरापमा परेको छ । संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरामाथि यौन शोषण गरेको आरोप लागेको छ । गृह मन्त्रालयले उनीमाथि छानबिन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । एक महिलाको उजुरीका आधारमा मन्त्रालयले प्रारम्भिक छानबिन गरी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । एक महिला प्रहरीलाई राणाले यौन शोषण गर्दै आएको र सो घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको उजुरीमा उल्लेख छ ।
उजुरी परेपछि गृहले गोप्य रूपमा छानबिन गरेको थियो ।

छानबिनका क्रममा एसएसपी राणा काममा भन्दा पार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको खुलेको थियो । हरेक हप्ता युवतीहरु लिएर उनी होटल जाने गरेको छानबिनमा खुलेको छ ।
स्रोतका अनुसार उजुरी गर्ने महिलासँग उनको १० वर्ष लामो सम्बन्ध थियो । वास्ता गर्न छाडेपछि र एक महिला प्रहरीसँग राणालाई भेटेपछि उनीहरुबीच विवाद बढेको हो ।

 

महिलासम्बन्धि केस भएकाले यसमा एसएसपी राणाको जागिर नै जोखिममा परेको छ । उनी इन्सपेक्टरदेखि नै रमझम रुचाउने प्रहरी अधिकृत हुन् । मदिरा, महिला र सिकार उनको कमजोरी भएको सहकर्मीहरु बताउँछन् । दिृष्टि अनलाईनबाट साभार गरिएको 

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...