इन्काउन्टरका हिरो प्रहरी डिएसपी कुमोद ढुंगेल बेपत्ता



हाम्रो इकोनोमि

 

 

इन्काउन्टर स्पेशलिष्ट मानिने नेपाल प्रहरीको डिएसपी कुमोद ढुंगेल आपराधिक गिरोहसँको सम्बन्ध रहेका कारण निलम्बनमा थिए । उनीमाथिको तिव्र अनुसन्धान गरियो, अब उनी प्रहरीकै पक्राउ सूचीमा छन् । उनीमाथि लागेको चार्ज हो– आपराधिक गतिविधिमा संलग्नसँगको निरन्तर लाभदायी सम्पर्क र सम्बन्ध ।

बुधबार मात्रै डिएसपी ढुंगेललाई पक्राउका लागि जिल्ला अदालत काठमाडौंको अनुमति प्रहरीले पाएपछि उनी कहाँ छन् भन्ने विषय चासोमा छ । ‘जहाँ भए पनि खोजी कार्य तिव्र छ, पक्राउ गरी घटनामा उनको संलग्नता छ या छैन भन्ने चिजको अनुसन्धान हुन्छ’, प्रहरी स्रोतले भन्यो ।

ढुंगेलले अहिलेका एआईजी पुष्कर कार्कीको टिममा बसेर काम गरेका थिए । जसलाई अब्बल मानिन्थ्यो । गुन्डा नाइके दिनेश अधिकारी चरी इन्काउन्टरबाट ढुंगेलको नाम अगाडि आएको थियो । त्यसबेला कार्की महानगरीय अपराध महाशाखाका प्रमुख थिए । यति मात्र होइन, पछिल्लो पटक दुर्गा तिवारी हत्याकाण्डका खोजी सूचीमा रहेका मनोज पुनलाई इन्काउन्टर गर्ने पनि ढुंगेल नै हुन् । यो नेक्ससमा जोडिएका अहिले कारागारमा रहेका समिरमानसिंह बस्नेतसँगचाहिँ ढुंगेलको साइनो रहेको प्रहरीले अनुसन्धानका क्रममा खुलाएको छ ।

‘प्रहरीको कर्तव्य र निष्ठामा आँच आउने गरी काम गरेका कारण उनीमाथि चार्ज लागेको हो, अदालतले अनुमति दिएको छ । खोजीमा छन्’, प्रहरी स्रोतले भन्यो । ढुंगेलको सूचना चुहावटका कारण नै बस्नेतको सम्भावित इन्काउन्टर टरेको र परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेको बुझाई प्रहरी वृत्तमा चर्चामा छ ।

तर ढुंगेलमाथि लागेको चार्ज भने अर्को प्रकरणको छ । जसका प्रमाणहरू बलिया रहेका कारणले पक्राउ पुर्जीका लागि अदालतले अनुमति दिएको हो ।

गएको २६ चैतमा  रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको लाभदायीक सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेको बताइन्छ ।

डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए । काठमाडौं–२९ रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान प्रहरीसमक्ष दिए । जसका कारण ढुंगेलको मिलोमतोको शंका स्वभाविक बनेको थियो ।

३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट ढुंगेलले बोक्ने गरेको ९८५११८०००० र ९८०८२३७०८२ बाट सम्पर्क भएको महानगरीय अपराध महाशाखाले जनाएको थियो । अनुसन्धानका अन्य पाटा नखुल्दा प्रहरीले आपराधिक व्यक्तिसँग अनेक प्रकारको सम्बन्ध राखेर काम गर्नसक्ने तर्क एकथरीले अगाडि सारेका थिए । तर, ढुंगेलको यो मुद्दासँग टाढासम्म पनि कर्तव्यपरक सम्बन्ध बन्दैन ।

अनुसन्धानमा ढुंगेलले प्रयोग गरिरहेको नम्बर ९८०८२३७०८२ र ९८५११८०००० बाट श्रेष्ठको ९८५११५५१८४ नम्बरमा दिन बिराएर पटक पटक टेलिफोन संवाद भएको विवरण महाशाखामा थियो ।

रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले ६ वैशाखमा पक्राउ गरेको थियो । श्रेष्ठसहित नवराज तामाङ र सन्तबहादुर तामाङ थिए । यो समूहले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...