भारतीय एयरपोर्टबाट नेपाली यात्रुलाई उड्न रोक : नेपालीको कन्तबिजोग !!



हाम्रो इकोनोमि

 

भारतीय एयरपोर्टमा नेपालीहरुलाई  भारतको अध्यागमन कर्मचारीहरुले प्लेन चढ्नबाट रोक्दै आएको  गुनासो प्राप्त भएको छ । लाखौँ नेपाली यात्रुहरु यात्राका क्रममा बिचल्लीमा पर्दै र पैसाको नाश हुँदा पनि, भारत र नेपाल सरकार र  नेत्रित्वले नेपाली यात्रीहरुलाई भारतबाट नउड्न सूचना पनि निकालेको छैन। यस्तो गैरजिम्मेदारी र लापरवाहीले गर्दा आज पनि कुनै न कुनै नेपालीलाइ भारतीय एयरपोर्टबाट फिर्ता पठाइदैछ ।

हुन त नेपाली  जनतामा लोकप्रियता पाउन, चुनाव जित्न वा राष्ट्रवादीको पदवी पाउनका  लागि भारत र भारतीयलाई भरपूर गाली गर्ने  सरापे   पुग्ने रहेछ तर भारतमा नेपालीहरु भारतीयहरुबाट ठगिने,  लुटिने र अनावश्यक दुख पाउने गरेको कुराप्रति भने कसैको  ध्यान गएको पाइन्दैन  । जसको कुनै सुनुवाई र क्षतिपूर्ति हुन् सकिरहेको देखिदैन ।

नेपालीहरु रोजी रोटीको लागि भारत जानु परेको होस्, किनमेल, औषधि उपचार या नाता गोतामा जाँदा किन न होस् सीमा पार हुना साथ रिक्सा, जीप, बस, ट्रेन, पसले, होटेल, रेस्टुरेन्ट, अस्पताल, क्लिनिक जो सुकैले “शिकार ” पाएका हुन्छन  र मनपरी पैसा असुल्छन, ठग्छन । यदाकदा  जबर्जस्ती पैसा खोस्छन पनि, गाली र अमर्यादित व्यवहार गर्छन  तर देख्ने कसैले  केही  बोल्दैन ।

 

यी कुराहरु तत्काल नेपाल प्रहरी, नेपाली दूतावास र नेपाल  भारत सीमा अधिकारीहरुको नियमित संयुक्त बैठक मा  पटक पटक पेश उठछन्  तर  कहिले पनि सकारात्मक नतिजा आएको कुरा सार्वजनिक भएको छैन ।यस्ता पीडा पाई रहनु नेपालीको नीयति भै सकेको छ ।

 

खास गरेर नयाँ  दिल्लीबाट विदेशको हवाई यात्रा गर्दा भाडामा निकै अन्तर पर्ने हुनाले  सस्तो र सुलभ यात्राको लागि तथा मध्यदेखि पश्चिम नेपालका नेपालीहरुका लागि दिल्ली निकै छोटो र कम खर्च मा पुगिने हुनाले पैसा र समयको बचतको लागि नयाँ दिल्ली एयरपोर्ट नेपालीको रोजाइमा पर्ने गर्दछ । तर, अब  दिल्लीको एयरपोर्ट को अध्यागमनले नेपाली पासपोर्टधारीलाई  अमेरिका, युरोप का देशहरु र अस्ट्रेलिया  समेत  जानलाई  ‘ प्रस्थान ‘ आज्ञा दिने डेस्कमा ”नेपालबाट भारतमा प्रवेश गरेको वीजा “छाप ” (नो अब्जेक्सन सर्टिफिकेट-एनओसी) देखाउनुस्  भन्छ  । यात्री यो प्रश्न सुनेर अक्मकिन्छन्, चकित पर्छन्   र पछि कर्मचारीलाई  नेपाल भारतको खुल्ला सीमा र स्वतन्त्र आवागमन बारे थाहा नहोला भन्ने ठानी यस बारेमा कुरा बुझाउन खोज्छ । एयरलाइन्सका अफिसरले पनि कुरा प्रस्टयाउन  कोशिस गर्छन तर इमिग्रेशनका  कर्मचारीले ” स्टाम्प ” बाहेक अरु शब्द न सुन्न चाहन्छन र न त बोल्न नै चाहन्छन ।

 

यात्रीले नेपाली दूतावासको नोटिसबोर्डमा टाँसिएको  खाडीका नौ वटा देश जान परेमा दूतावासको सिफारिस (नो अब्जेकसन्  सर्टिफिकेट) चाहिने  भन्ने सूचना को फोटो र  नेपालबाट सोझै दिल्ली जाने अन्तरराष्ट्रिय यात्राका बस या सीमा क्षेत्रबाट दिल्ल्ली जाने बस या ट्रेन को टिकेट पेश गर्दा पनि  उसले वापस नेपाल गएर काठमांडूबाट अध्यागमनको स्टाम्प लगाएर प्लेन चढेर दिल्ली ऐरपोर्ट  आएपछि बल्ल विचार हुनेछ भन्छन्  र प्रस्थान आज्ञा दिन हाकिम कारिन्दा सबले इन्कार गर्ने गरेको  गुनासो पीडित नेपालीहरुको रहेको छ।

यात्रीले दूतावासको हट  लाइनमा कनटक्ट्  गरेर इमिग्रेशन अधिकारीलाई कुरा गराउन खोज्दा भारतीय अधिकारीले दूतावासको अधिकारीसंग हाम्रो पदीय समानता छैन हामीले कुरा गर्न मिल्दैन भन्छन्  र फोन नै छुदैनन्  । आखिरमा यात्री उपाएविहीन  हुन्छन्  र  प्लेन छुट्छ !!

 

एयरलाइन्समा बुझाई सकेको माल सामान फिर्ता लिन कम गाह्रो हुँदैन । मुडकी बल  देखायेपछि  जुन सुकैस्तरको यात्री होस् के नै गर्न सक्छ र ? यात्री माल सामान र बालबच्चा पनि छन भने सबलाई बोक्दै दूतावास पुग्छ, दुखेसो सुनाउछ , दूतावास त्यस्ता कुनै कुरा, घटना सुन्दै आएको  भए पनि आजित  र निरुपाए  रहेछ । त्यहाँबाट कुनै एक थोक पत्र लेखेर दिन्छ अनि यात्री इन्टर्नेशनल टिकटको लागि  दौडिन्छ, कति दिन पछिको टिकेट  पाइन्छ ?  टिकटको अन्तर रकम कति तिर्नु पर्दछ, अर्को उडानसम्म के खाएर कहाँ बस्ने  ?

 

गन्तव्य देशको  डोमेस्टिकले पहिलेको टिकेटमा नमिलाई दिएमा फेरि  कहाँबाट  रकमको जोहो गर्ने हो ? अचानक अप्रत्यासित  समस्याको चांग लाग्न पुग्छ । समय र धनको सत्यानाश ! ‘चोक्टा  खान गएकी  बुढी झोलमा डुबेर मरी !’ भन्ने उखान चरितार्थ हुने गरेको छ । अझ रमाइलो त के भने दूतावासको सिफारिस पत्र लिएर दोश्रो पटक  गयो भने भारतीय  इमिग्रशनले त्यो पत्र प्रायः हेर्दैहेर्दैन, जानुस्  भनि हाल्छ ।

 

बोर्डरमा  न त हुन्छ इन्ट्री न त लगाइञ्छ विसा

नेपाल र भारतको बीचको पारम्परिक मधुर सम्बन्ध र सन्धि सम्झौता अनुसार पनि कुनै वीसा पासपोर्टको जरुरत पर्दैन र इन्ट्रीको प्रावधान छैन । तसर्थ यस्तो अवस्था मा पासपोर्टमा छाप लगाएको हुनु पर्ने भन्ने अत्तो थाप्नु दुख दिने बाहेक अरु के हुन् सक्छ ?

 

नेपालबाट भारतमा कहिले प्रवेश गरेको भन्ने  ऐरपोर्टको   अध्यागमन को प्रश्नको उत्तरमा, नेपालबाट सोझै दिल्ली जाने  नेपाली  नम्बरको बसको टिकेट  या सीमा क्षेत्रबाट दिल्ली जाने बस या ट्रेनको टिकेट दिँदा पनि न मान्ने रहेछन्  । प्रश्न सोध्ने तर उत्तर न मान्ने  कस्तो अचम्म !

 

यात्रीले  एयर टिकेट, बसको टिकेट, विदेशको वीजा, दूतावासको सूचनाको फोटोकपी, दूतावासको छुट्टै पत्र, समेतका  कागजमा पहिला पटक मा नै ” प्स्थान आज्ञा” पायो भने धन्यवाद  भन्नु पर्ने अवस्था रहेछ ।

 

भारतीय अध्यागमनलाई  न त् छ कानूनको ज्ञान न त गर्न चाहन्छन्  कानूनको पालन एवं प्रकारले हेर्दा नयाँ  दिल्ली एयरपोर्टमा अध्यागमनले  नेपालीको हकमा कुनै नियम कानूनको पालन नहुने, आफ्नो मनले  काम  गर्ने रहेछन्  ।

 

नेपाल भारत दुई देशको मित्रता र जनस्तरको सम्बन्धमा यस्तो व्यवहारले अवश्य सहयोग पुर्याउन सक्दैन।  यस्तो व्यवहार सच्च्याउनका लागि नेपाल र भारतले तत्काल कूटनीतिक प्रयास थाल्नु पर्ने माग पीडित नेपालीहरुको रहेको साँघु समाचारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...