बुद्ध एयरको विमानमा जंगली बँदेल ठोक्किएपछि…



हाम्रो इकोनोमि

 

नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले बताए ।

जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगञ्जमा ल्यान्ड हुँदै थियो । त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो ।

नेपालगञ्ज विमानस्थलको आसपासमा झाडी बढेको छ। धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन् । यसले विमानस्थलमा सुरक्षा चुनौती थपिएको छ। यसअघि धेरै पटक विमानस्थल ल्यान्ड गर्ने क्रममा जंगली जनावर रनवे आसपासमा देखिँदा केहीबेर जहाजलाई आकाशमै उडाई सुरक्षाकर्मीले जंगली जनावरलाई लखेट्ने गरेका थिए।

विमानस्थलको धावन मार्गमा ओभर–ले (पिचमाथि कालोपत्रको तह थप्ने), आसपासको झाडी सफा गर्ने र नाली निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी एपेक्स जेभीले ठेक्का लिए पनि काम नगर्दा विमानस्थलमा जंगली जनावरले सुरक्षा चुनौती बढाएको छ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...