नेपाल भ्रमण वर्ष २०२० लाई नारायणी नदीमा २५० जना बोक्ने जहाज तयार



हाम्रो इकोनोमि

 

भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालीले १५ करोड लगानीमा २५० जना क्षमताको मिनी पानी जहाज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो । कम्पनीका सञ्चालक शंकर खतिवडाका अनुसार आगामी हप्ता नारायणी नदिमा पानी जहाजको परिक्षण सञ्चालन गरिनेछ । आगामी जनवरी १ तारिखका दिन राष्ट्रपति र प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी छ । ‘जनवरी पहिलो तारिखका दिन औपचारिक सेवा आरम्भ गर्ने तयारी गरेका छौं, एक हप्तापछि परिक्षण सञ्चालन गरिनेछ’, सञ्चालक खतिवडाले भने । ३८ किलोमिटर पानी जहाजमा सरर…. पानी जहाज कार्यालयबाट कम्पनीले ३८ किलोमिटर दुरीमा जहाज सञ्चालनको अनुमति पाएको छ ।  कम्पनीले गोलाघाटदेखि देवघाटसम्मको दुरीमा जहाज सञ्चालन गर्नेछ ।

तर दक्षिण भारतीय राज्य केरलाका प्राविधिकहरु निर्माण कार्यमा संलग्न छन् । उनीहरुले नै आगामी ६ महिनासम्म नेपाली प्राविधिकहरुलाई तामिल दिएर सञ्चालनको पूर्ण जिम्मा सुम्पिनेछन् । ‘६ महिनासम्म उनीहरुले नै सञ्चालन गरिदिन्छन्, त्यसको त्यस अवधीमा हाम्रा जनशक्तिले सिकेर आफैं सञ्चालन गर्नेछन् । हामी तालिम केन्द्र खोलेर जनशक्ति तयार पार्छाै’, खतिवडाले भने । डिजेल इञ्जिनको पानी जहाजमा २ वटा इञ्जिन रहनेछन् । ३ सिफ्ट चल्ने, ब्रेक फास्ट देखि डिनरसम्म कम्पनीले ३ वटा सिफ्टमा जहाज सञ्चालनको योजना बनाएको छ । पहिले सिफ्टमा ब्रेक फास्टसहितको प्याकेज हुनेछ ।

दोश्रो सिफ्टमा लञ्च र साँझ डिनरसहितको प्याकेज तयार भैरहेका छन् । ‘हामीले ब्रेक फस्ट देखि डिनरसम्मको प्याकेज तयार पारेका छौं, आफु अनुकुल उपयोग गर्न सकिन्छ’, खतिवडाले भने । २ जेट बोट थपिँदै कम्पनीले तत्कालै २ वटा जेट बोट थप्ने योजना बनाएको छ । ५० जना यात्रु अट्ने एउटा र अर्काे एक सय जना यात्रु बोक्ने गरि जेट बोट थप्ने तयारी गरिएको पनि उनले जानकारी दिए । काभ्रे घाटमा पोर्ट र रिसोर्ट चितवनकै काभ्रे घाटमा पानी जहाजका लागि पोर्ट निर्माण गरिएको छ । पोर्टसँगै १० करोड लगानीमा रिसोर्ट पनि बन्दैछ । पानी जहाजको सफरपछि रिसोर्टमा बसेर आनन्द लिन सकिने सुविधासहितको कम्प्लिट प्याकेज तयार हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...