नेपालकी अनुपमा मगरले जितिन् स्वर्ण



हाम्रो इकोनोमि

 

नेपालकी अनुपमा मगरले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी छिन् ।

सातदोबाटोस्थित कराते हलमा आज(बुधबार) भएको खेलमा अनुपमाले एसियन गेम्सकी कास्य पदक विजेतालाई हराउँदै स्वर्ण दिलाएकी हुन्

उनले करातेको ६८ केजी समुहमा स्वर्ण जितेकी हुन् । अनुपमाले पाकिस्तानकी नर्गिसलाई ६–३ अंकले पराजित गर्दै स्वर्ण जितिन् । सुरुमै पाकिस्तानी खेलाडीले अग्रता बनााए पनि अनुपमाले उत्कृष्ट पुनरागमन गर्दे खेल आफनो पक्षमा पारिन् । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् ।

त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् ।

करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । करातेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदक विहिन भएको छैन । करातेका अब ३ इभेन्ट बाँकी छन् ।

यस्तै ५० केजी तौल समूहमा अहमद नोमानसँग ४–३ अंकले पराजित हुँदै सोनाम लामाले कास्य पदकमा चित्त बुझाए । यो तौल समूहमा सोनामलाई पराजित गरेका अहमदले नै श्रीलंकाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जिते ।

उसुमा पहिलो दिन दुई स्वर्ण जितेको नेपालले आज एक स्वर्ण थपेकाे छ । यसअघि नेपालका दीपक हमालले स्वर्ण जितेका छन् । उनले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...