प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बसेको छ । बुधबार बिहान काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सचिवालयको बैठक बसेको हो । बैठकको अध्यक्षता  अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपाको सचिवालय बैठक बसेको पहिलो पटक हो । यही मंसिर ४ गते नेकपाले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको थियो ।

पार्टी सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि उत्साहित बनेका प्रचण्डले स्थायी कमिटी बैठक आह्वान गर्ने तयारी गरेका छन् । विधान अनुसार तीन(तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक एक वर्षदेखि बस्न सकेको छैन ।

बुधबारको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको मिति र एजेण्डाबारे छलफल हुने नेताहरुले बताएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, उपनिर्वाचनको समीक्षालगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण प्रचण्डले यही मंसिर २४ गतेदेखि गर्ने चीन भ्रमणसमेत स्थगित गरेका छन् । मिर्गौला पुनः प्रत्यारोपणको तयारी भइरहेको बेला एपेन्डिसाइटिस भएपछि ओली अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...