गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्न प्रभु साहको आग्रह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई युनेस्कोको विश्व सम्पदा सुचीमा राख्न आग्रह गरेका छन् । प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रित गर्ने र लाखौं तिर्थालु एवम पर्यटकको आगमन हुने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत गराउन पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । “तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो कि गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास त छदैछ साथसाथै विश्वकै ध्यान केन्द्रित गर्ने महामेला पनि लाग्ने गर्दछ । विशेष ऐतिहासिक भुमी सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने गढीमाईलाई विश्वसम्पदाको रुपमा स्थापित गर्न सके यसले मधेशको गौरव बढाउनेछ ।

त्यसैले सरकार र युनेस्कोले यसमा पहल गरिदिन अनुरोध गर्दछु ।” अध्यक्ष साहले भने । नेपालको आर्थिक उन्नतिका पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको जीकिर गर्दै अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवर्द्धन गरि मधेशमा पर्यटक भित्र्याउन सकिने बताए । गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्नु त्यसको आधार बन्ने उनको विश्वास छ । अध्यक्ष साहले माता जानकीको जन्मस्थल जनकपुरस्थित जानकि मन्दिरलाई पनि विश्व सम्पदा सुचीमा समेट्न आग्रह गरेका हुन् । हाल नेपालका १० वटा सम्पदा युनेस्कोले सुचीकृत गरेको छ जसमध्ये प्रदेश नम्बर २ मा एउटा पनि परेको छैन ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...