जीप दुर्घटना अपडेट : १४ को मृत्यु, एक बेपत्ता



हाम्रो इकोनोमि

 

बागलुङमा जीप दुर्घटना हुँदा १४ को घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार बागलुङको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट जीप बडिगाड खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपूजाका लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि बूर्तिवाङ पठाइएको छ ।

प्रहरीका अनुसार जीपमा १८ यात्रु सवार रहेका र एक जना बेपत्ता भएको बताइएको छ । चालकको समेत मृत्यु भइसकेका कारण घटना अनुसन्धानका लागि कठिनाई भएको छ ।

क्षमता भन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । जीप सडकबाट ५०० मिटर तल खोलामा खसेको थियो । मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...