विद्या भट्टराईले गरिन् मतदान
आज भइरहेको कास्की २ को प्रतिनिधीसभा सदस्य उपनिर्वाचनमा उमेद्वार समेत रहेकी विद्या भट्टराईले मतदान गरेकी छिन् ।
पोखरा ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयमा पुगेर विद्याले मतदान गरेकी हुन् ।
नेपाली कांग्रेसका अर्का उम्मेदवार खेमराज पौडेलले भने कास्की २ का मतदाता नभएका कारणले मतदान गर्न पाएनन् ।
कास्की २ मा नेकपाको तर्फबाट भट्टराई र कांग्रेसको तर्फबाट पौडेल चुनावी मैदानमा रहेका छन् ।


