चाँडै चीन भ्रमणमा जाँदैछु : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । यसको जानकारी उनी आफैंले दिएका हुन् ।

नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् ।

चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको उनले बताए ।

प्रचण्डले राष्ट्रपति सीसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको पनि बताए ।

आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनले बताए । आफ्नो चीन भ्रमण सीको नेपाल भ्रमणपछि नेपाली पक्षबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...