अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति जनकपुर जाँदै



हाम्रो इकोनोमि

 

विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने भएकी छन् । त्यसका लागि राष्ट्रपति भण्डारी जनकपुर प्रस्थान गर्दैछिन् ।

साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसअघि जनकपुरको जानकी मन्दिरमा उनले पूजापाठ पनि गर्नेछिन् ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइन्छ । सप्ताहव्यापी महोत्सव मंगलबारबाट नै शुरु भएको छ ।

पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन अयोध्याबाट आएका जन्तीहरु बुधबार साँझ महोत्तरीको नाकाबाट नेपाल प्रवेश गरेका थिए । रामकलेवा विधि सम्पन्न भएपछि उनीहरुलाई बस्त्र आभूषणसहित बिदाई गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...