आठ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ



हाम्रो इकोनोमि

 

आठ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

गए राति त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ नागरिकलाई आठ किलो सुनसहित समातिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत् हङकङबाट नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिएका छन् ।

अनुसन्धान जारी रहेकाले बाँकी विवरण पछि उपलब्ध गराइने प्रहरीले जनाएको छ । तर, नेपाल सुन ल्याउनका लागि उनीहरुले रातको समयलाई सुरक्षित हुने अनुमान गरेको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...