प्रधानमन्त्री ओलीलाई मनमोहनबाट टिचिङमा सार्ने तयारी



हाम्रो इकोनोमि

 

नियमित डायलासिस र बुधबारै एपेन्डिसाइटिसको उपचार गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा सार्नका लागि छलफल भएको छ ।

प्रधानमन्त्री केपी ओलीको थप स्वास्थ्य उपचारबारे छलफल गर्न चिकित्सक तथा विशेषज्ञहरुको बैठक बसेको हो ।

प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल गर्न बैठक बसेको जानकारी उपचार टिमका संयोजक प्रा.डा.अरुण सायमीले दिए ।

सायमीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ। तर नियमित डायलासिस प्रकियालाई सहज बनाउन त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा प्रधानमन्‍त्री ओलीलाई सार्ने तयारी भइरहेको र त्यसबारे छलफल चलिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...