अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत



हाम्रो इकोनोमि

 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।

सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका-२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् । कपिलवस्तुको चप्परगाउँ बस्दै आएकी सीता बस्नेत बस धनी सन्तबहादुर बस्नेतकी भाइबुहारी हुन् ।

मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् ।

यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५-६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

घाइतेहरुको चौराहा अस्पताल बुटवल, भैरहवा मेडिकल कलेज र ललितपुरमा उपचार भइरहेको छ । चौराहा अस्पताल बुटवलमा उपचाररत ६ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका-२ की अमृता पौडेलको अवस्था गम्भीर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यसैगरी भैरहवा मेडिकल कलेजमा उपचाररत ९ घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था भने सुधारोन्मुख छ । गम्भीर हुनेहरुमा अर्घाखाँचीको पाणिनी नगरपालिका ७ का कृष्ण विक, सोही स्थानका विष्णु विक, सन्धिखर्क नगरपालिका ८ का कमल मुखिया र सन्धिखर्क नगरपालिका ४ की सरस्वती भट्टराई छन् ।

यस्तै दाङको राप्ती गाउँपालिकाका-९ का ३३ वर्षीय प्रशान्त सुवेदीको अवस्था पनि गम्भीर छ । टाउकोमा चोट लागेका उनलाई लुम्बिनी सिटी अस्पतालबाट रिफर गरेर ललितपुरको बीएण्डबी अस्पतालमा पठाइएको छ ।

दुर्घटनामा घाइते भएका दुई जना भने अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बुधबार दिउँसो सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१ ४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । चालकले एक्कासी जोडले ब्रेक लगाउँदा बस अनियन्त्रित भइ भीरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...