सामाजिक सुरक्षाकोष अक्षरश कार्यान्वयनको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई नभएको बताएका छन् । सामाजिक सुरक्षा योजना सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजिक सामाजिक सुरक्षा दिवसको कार्यक्रममा बुधबार उनले श्रमिक र रोजगारदाताले यसमा आवद्ध भएर दायित्व पूरा गर्नुपर्ने बताए ।

सामाजिक सुरक्षाकोष अक्षरशः कार्यान्वयनको विकल्प छैन, कानूनबाट भाग्ने छुट कसैलाई छैन । श्रमिक र रोजगारदाताले दायित्व पूरा गर्नुहोस्, सरकारले अभिभावकत्व ग्रहण गर्छ’ उनले भने ।

कार्यक्रममा ट्रेड युनियनका प्रतिनिधिले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको आवद्धता निराशाजनक रहेको बताएका थिए । उपप्रधानमन्त्री पोखरेलले भने सामाजिक सुरक्षा योजना नयाँ भएकाले केही व्यवहारिक समस्या देखिन सक्ने भन्दै त्यसलाई समाधान गर्दै जानुपर्ने बताए ।

‘केही नभएको अवस्थाबाट थालनी ग¥यौं । यससँग गाँसिएका केही व्यवहारगत समस्या देखिन सक्छ’ उनले भने ‘समस्या समाधानका लागि सरकार छलफलमा बस्न तयारछ ।  निरन्तर अपडेट गरिरहनुपर्छ ।’ गत वर्ष सुरु भएको सामाजिक सुुरक्षा योजनामा हालसम्म ११ हजार रोजगारदाता र १ लाख १५ हजार श्रमिक आवद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...