प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले



हाम्रो इकोनोमि

 

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको र उनी कुराकानी गर्न थालेको अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तमकृष्ण श्रेष्ठले बुधबार बिहान १०ः३० बजे एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जनाएका हुन् ।

‘विशेषज्ञ चिकित्सकहरूबाट शल्यक्रियापश्चात हाल प्रधानमन्त्रीज्यूलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ’, अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँ कुराकानी गर्न सक्ने अवस्थामा भएको जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अस्पतालले जारी गरेको विज्ञप्ति ट्विटरमा सेयर गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा गुणात्मक सुधार आएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई मंगलबार एपेन्डिसाइटिस भएको थियो । उनको मंगलबार नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो ।  भेन्टिलेटरबाट निकालिएका उनी अहिले चिकित्सकहरूको निगरानीमा छन् । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...