प्रभु साहको प्रश्न ‘सरकार मधेसको बिकासले किन गति लिन सकेन ?



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि बाराको निजगढ स्थित सहिद हिरालाल रंगशालामा नेकपा प्रदेश नम्बर २ कमिटीद्वारा आज आयोजित वृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उपस्थित अतिथिहरुमाथि प्रश्नको वर्षा गर्दै यस्तो गुनासो गरेका छन् ।

निरंकुश शासन व्यवस्थाविरुद्ध लामो समय संघर्षमा बिताएको जनताको प्रतिनिधिको रुपमा आफू उपस्थित भएको बताउदै अध्यक्ष साहले प्रदेश नम्बर २ को विकास तथा समृद्धिका लागि सरकारले गरिरहेको कामको हिसाब किताब माग गरेका छन् ।

‘हामी पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायत उपस्तिथ मन्त्रीज्युलाई सोध्न चाहन्छु कि यस प्रदेशको विकासको लागि हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले के गर्दैछ ?’ अध्यक्ष साहले भने, ‘विकासको सम्भावनै सम्भावना भएको यस प्रदेशमा जारी राष्ट्रिय गौरवको आयोजनाहरुले किन गति लिन सकेको छैन ? हामी जवाफ चाहन्छौं ।’

नेकपा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री समेत रहेका अध्यक्ष साहले कार्यक्रममा सहभागि शिर्ष नेताहरुसंग यस्तो प्रश्न गरेपछि सहभागीहरुले ताली बजाउदै तथा हुटिङ गर्दै उपस्थित हजारौं प्रदेशवासीले समर्थन जनाएका थिए ।

एक राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रिय महत्वका कार्यक्रम र आयोजनाको नाम तोकेर अध्यक्ष साहले हिसाबकिताब खोजेका हुन् । उनको प्रश्न थियो, ‘फास्ट ट्र्याकमा हामी प्रदेशवासी कहिले यात्रा गर्ने, कुरा मात्रै सुन्ने कि पूरा पनि हुने हो म उपप्रधानमन्त्री ईश्वर पोखरललाई सोध्न चाहन्छु । दोस्रो अन्तर्राष्ट्रि विमानस्थलबाट हामी प्लेन चढने पनि हो कि कथा मात्र सुन्ने हो ? हुलाकी सडकलाई १२ मिटरमा खुम्च्याएर मधेश विकासको कस्तो सपना देखाउनुभएको हो हामीले बुझ्न सकेका छैनौं । कम्तिमा ५० मिटर सडकसीमामा निर्माण गर्ने होइन भने हुलाकी सडक बनाउनुको के नै अर्थ हुन्छ र ? म सोध्न चाहन्छु । हामी जनताले के गर्नुपर्छ हामी सबै गर्न तयार छौँ तर हाम्रा सबै आयोजना तथा कार्यक्रमको पभावकारी कार्यान्वयन गर्नुपर्यो ।’

 

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा प्रदेश अध्यक्ष प्रभु साहको अध्यक्षतामा आयोजित जनसभामा महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री रामेश्वर यादव, प्रदेश पदाधिकारीसहित सयौं नेताको उपस्थिती रहेको थियो । पचास हजार भन्दा बढी जनतालाई उपस्थित गराएर सत्तारुढ दलकै प्रदेश कमिटीले सरकारमाथि दबाब सृजना गरेको यो पहिलो कार्यक्रम हो ।

प्रदेश नम्बर २ मा काठमाडौ–तराई मधेश द्रुतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा, हुलाकी लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, कोशी कमला डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । यस्तै बिभिन्न राष्ट्रिय महत्वका आयोजनाहरु समेत सञ्चालन भईरहेको छ । सभामा राष्ट्रिय गौरवका आयोजना कार्यालयका प्रमुखद्वारा प्रगति पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...