उपेन्द्र यादवको यस्तो छ खर्तनाक योजना



हाम्रो इकोनोमि

 

सरकार छाड्ने कि बर्खास्तीमा पर्ने भन्ने चर्चा चलिरहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएका छन् । उनी सोमबार अपरान्ह मन्त्रालय गएर कार्यभार सम्हाल्ने भएका छन् ।

कानुन मन्त्रालयका सचिव राजिव गौतमलाई खबर गरेर आउँला भनेका उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यादव पाँच दिनदेखि सिंहदरवार छिरेका थिएनन् । सोमबार पोखराबाट काठमाडौं फर्किएलगत्तै उनी मन्त्रालय जाने भएका हुन् ।

मन्त्रिपरिषद हेरफेरमा स्वास्थ्यबाट कानुन मन्त्रालयमा सारिएका यादवले मन्त्रीका रुपमा मन्त्रालयमा पदबहाली पनि गरेका छैनन् । यद्यपी मन्त्रालयले उनको नामप्लेटदेखि वेवसाइटमा समेत मन्त्रीको नाम अद्यावधिक गरिसकेको थियो ।

यादवलाई थाहै नदिई मन्त्रालय फेरिएको र स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई हटाएको भन्दै उनीमाथि सरकार छाड्न पार्टीभित्र दबाब परेको छ । पार्टीमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले सरकार छाड्न दबाब दिइरहेका बेला यादव भने एकपटक प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनका विषयमा छलफल गरौं भन्ने पक्षमा उभिएका छन् ।

यादवले तत्काल सरकार छाड्दा आफ्नो ठाउँमा ओलीले राजपा नेताहरुलाई मन्त्री बनाउने र प्रदेश २ मा समेत नेपाल कम्युनिस्ट पार्टी र राजपा मिलेर सरकार बनाउँदा समाजवादी पार्टी एक्लो हुने भन्दै सरकार छाड्न आनाकानी गरेका छन् ।

कानुन मन्त्रालय पाएका बेला संविधान संशोधनको पहल गरेको भनेर जनतामा सन्देश दिने गरी एकपटक प्रयास गर्ने चाहना यादवको रहेको उनी निकट एक नेताले बताए ।

यद्यपी डा.बाबुरामले पोखरामा आइतबार आफूविरुद्ध गरेको उत्तेजक भाषणबाट प्रधानमन्त्री ओली आक्रोशित बनेको र त्यसको असर यादवको मन्त्री पदमाथि समेत पर्न सक्ने डर उनी निकटस्थहरुको छ ।

यादव निकट एक समाजवादीका नेताले भने ‘उपेन्द्र यादवलाई सरकारबाट ओलीले हटाइदिउन् भन्ने ढंगले डा.बाबुरामले पोखरामा नचाहिँदो उत्ताउलो भाषण गर्नुभयो । बालुवाटारको बैठकमा संयमित भएर भारतसँग वार्ता गरौं भन्ने, अनि पोखरा गएर उग्रराष्ट्रवादको डम्फू बजाउने मुख्य नियत चाहिँ उपेन्द्रलाई अप्ठेरो पार्नुनै हो ।’

यता प्रधानमन्त्री ओलीमाथि पनि उपेन्द्रलाई सरकारबाट हटाउन दबाब परिरहेको छ । सत्तामा रहेर पनि सत्तापक्षको भूमिका नदेखाएको र बाबुराम भट्टराईले निरन्तर सरकारको उछितो काढेकोमा ओली असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...