श्री लालीगुँरास सहकारीको २० औ साधारणसभा सम्पन्न



हाम्रो इकोनोमि

 

 

लयिलतपुर महानगरपालिका वडानम्बर ३ पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुर्वप्रधानमन्त्री एवं समाजवादी पाटीका अध्यक्ष डा. वावुराम भट्टराईकोको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा उहाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाले सहकारी क्षेत्रमा श्री लालीगुराँस सहकारीले गरेको योगदानको कदर गर्नुभयो । उहाले सकाकारले सहरकारीको योगदानको विषयलाई बिर्सन नहुने उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले आव ०७५÷०७६ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनुभयो । संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा मेत अग्रणी स्थान लिन सफल रहेको उहाको थियो । संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३५हजार सहकारी मध्य श्रीलालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था लि. उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताउनुभयो । उहाले सहकारी संघ संस्थाहरुबाट प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराउनुभयो । देशका कुल ग्रहस्थ उत्पादनमा करिब ५ प्रतिशत योगदान गरेको सहकारीले स्थानीय तहमा युवा,महिला वृद्धवृदाको उल्लेख्य सहभागिता बढेको बताउदै सहकारीकै क्षेत्रको विकासको कारण देशको आर्थिक अवस्थामा सुधार आएको जानकारी दिनुभयो ।

सहकारीमा करिब साढे ६ खर्ब भन्दा बढी बचत र ७ अर्ब रुपिया भन्दा बढी ऋण परिचालन भएको छ । उहाले देशभरका सहकारीमा करिब ६५ लाख भन्दा शेयर सदस्यहरुको आवद्धता रहेको जानकारी दिनुभयो । सहकारी मार्फत देशको आर्थिक विकास गर्नको लागि सहकारी मैत्री कानून निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पुरा गर्न सहकारी क्षेत्रमा लगानी बृद्धि गरी देशको विकास सम्भव रहेको जानकारी दिनुभयो ।

संस्था स्थापना भएको दुई दशकमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २१ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको, अस्पताललाई थप गुणस्तरीय सेवा उपलब्ध गराउन सहकारी संस्था मार्फत आफ्नै भवनमा अस्पताल संचालन गर्ने तयारी गरेको, ३६ जिल्लामा सदस्य सुविधा संचालन गर्ने अनुमति पाएको संस्थाले यो वर्ष करिब आधा दर्जन जिल्लामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

फागुन महिनासम्म संचालनमा ल्याउने तयारी सहित ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योगको निर्माण कार्य भैरहेको जानकारी गराइयो । सस्थाले गरेको योगदानको कदर गर्दै गतवर्ष प्रदेश ३ बाट उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरिसकेको छ ।

 

संस्थाले शेयर सदस्यको माग अनुसार सुविधा दिन ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सा सदस्य सुविधा काउण्टर संचालन गरीसकेको छ । यो वर्ष भित्र काठमाडौंको नयाँ बजार, र महाराजगंज, भक्तपुरको सुर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा,गोरखाको सिरानचोक र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।
कार्यक्रममा पुर्व मन्त्री एवं नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेपाली काग्रेसका संसदीय दलका प्रमुख सचेतक वालकृण खाँड, पुर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी संस्थाले नेपालको आर्थिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पुर्व सदस्य जनकराज शाह, संविधान सभा सदस्य , राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवं अन्तराष्ट्रिय सहकारी महासंघका संचालक ओमदेवी मल्लल े संस्थाले सहकारी क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

 

संस्थाको समाजिक उत्तरदायीत्व अन्तर्गत बहुउद्देश्यी लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा लालीगुराँस मावि.÷कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, श्रीलालीगुराँस दुग्ध उद्योग प्रसोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोक, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ । संस्थाले संस्थाबाट संचालित कार्यक्रमहरुलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी तुल्याउन आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा उपयुक्त तालिमहरु प्रदान गर्दै आई रहेको छ ।

साधारण सभामा संस्थाका ८o वर्ष पुरा गरेका २६ जना जेष्ठ शेयर सदस्य र ९ जना शारिरिक अशक्तलाई नगद ५–५ हजार सहित सम्मान गर्नुभएको थियो । त्यस्तै पुर्वमन्त्री एवं नेकपाका प्रमुख सचेतक गुरुङ र पुर्वमन्त्री एवं नेपाली काग्रेसका नेता खाँडले एसइईमा उत्कृष्ट नतिजा ल्याउने १७ जनालाई ५ हजार नगद सहित सम्मन गरिएको थियो । त्यस्तै रुसमा सम्पन्न आठौ प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा स्वर्ण पदक विजेता संस्थाका शेयर सदस्य स्वराज सागर प्रधानलाई विशेष सम्मान गरिएको थियो ।

 

साधारणसभामा संस्थामा ५ वर्ष स्थायी सेवा पुरा गरेका विनेश महर्जन, अनिता तको, अञ्जु सिलवाल, सारदा राई र पवित्रा खड्कालाई सम्मान गरिएको थियो । त्यस्तै आव ०७५÷०७६ मा उत्कृष्ठ काम गरेवापत चावहिल सदस्य सुविधा काउन्टरमा कार्यरत अञ्जु सिलवाललाई २५ हजार रुपिया सहित उत्कृष्ठ र मुख्य कार्यालयमा कार्यरत अनुजा कार्कीलाई ३५ हजार नगद रुपिया नगद सहित सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...