कर्ण थापा, चुनाव एकातिर परिवार बोकि अमेरीकातिर



हाम्रो इकोनोमि

 

गाउँ र जिल्ला तहको कार्यकर्ता चुनावमा होमिएन भने कम्यूनिष्ट पार्टीमा के होला ? पक्कै पनि कारवाही वा स्पष्टीकरणको विषय वन्छ । तर उपचुनावको वेला एक जिम्मेवार नेता भने अमेरिकाको भ्रमणमा हानिएका छन । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सात वटा वडामा उपचुनाव हुँदैछ तर प्रदेशको नेतृत्व गर्ने नेकपाका नेता अमेरिका छन भन्दा अच्चम लाग्छ होला।

चुनाव नजिकिदै जाँदा अमेरिका हानिने नेता नेकपाका प्रदेश अध्यक्ष कर्ण थापा हुन । प्रधानमन्त्री ओलीका नाममा उठ्तीपूर्ति र डनगिरी गर्न खोजेर चर्चामा आइरहने थापा कान्छी पत्नि कमला ओलीलाई च्यापेर अघिल्लो साता अमेरिका हानिएका हुन ।

आफू भन्दा माथिल्लो र तल्लो तहका कुनै पनि नेतालाई जानकारी नदिएर अमेरिका लागेपछि उनको गैरजिम्मेवारी सतहमा आएको हो । थापा पत्नि ओली अमेरिकी नागरिक भएकोले थापा दम्पती पटकपटक अमेरिका जाने गरेको चर्चा बाजुराका पूर्व एमालेहरुले गर्ने गरेका छन । कान्छी सहित अमेरिका हानिएका थापाकी जेठी श्रीमति भने बाजुरा खेतबारीमा मेहनत गरेर जीवन गुजारा गरिरहेकी छन । थापाले आफ्ना छोरालाई नगरकमिटीको अध्यक्ष भान्जालाई जिल्ला सचिवालय सदस्य बनाएका छन ।

तिनै भान्जा गत स्थानीय चुनावमा मेयरमा पराजित भएका थिए ।नाताबाद र कृपावादमा रमाउने प्रदेश अध्यक्ष थापाले अनेकौ विवादमा मुछिएका नातेदार भरत थापालाई जिल्ला अस्पतालको अध्यक्ष बनाएका छन ।थापाकै जिल्ला बाजुराको त्रिवेणी नगरपालिका ‐१ मा पनि उपचुनाव छ तर चुनावमा कसरी होमिने प्रदेशभरी कुनै योजना छैन ।

यद्यपी पाँचै जिल्लाका नेता कार्यकर्ताहरु आफ्ना उम्मेदवारलाई जिताउन रातदिन भनेर लागेका छन । उनकै लापरवाही र गलत उम्मेदवार उठाउदा बाजुराका नौ मध्ये चारै नगरपालिका सहित छ पालिकामा तत्कालिन एमालले हार भोग्नु परेको थियो । प्रदेशको चुनाव हार्ने डरले समानूपातिक उम्मेदवार वनेका थापा आठै सिट महिलालाई दिनु पर्ने वाध्यताले गर्दा प्रदेश सभा सदस्य छानिएका थिएनन् । सँधै स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको जवरजस्तरुपमा आफ्नो प्रतिद्धन्द्धी ठान्ने थापाले रावललाई झुक्काएर प्रदेश अध्यक्ष फुत्काएका थिए ।

तर अध्यक्ष भए लगत्तै रावलका कडा विरोधी भएका थापा फेरि राष्ट्रिय सभामा जानका लागि म रावलकै हुँ नेता रावल नै हुन भन्न थालेका छन । नरिवल बेच्ने र मन्त्री हुँदा न्यायधिससँग झगडा गरेर चर्चामा आएका थापा उठतीपुर्ति धेरै गर्न थालेपछि तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले उनलाई उद्योगमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी दुई विवाह गरेको कारण पार्टी सदस्यताबाट समेत निलम्वित भएका थिए । आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने थापाले द्धन्द्धकालमा कैयौ स्थानीय नेतालाई राजाको समर्थन गर्न लगाएका थिए भने कतिपयलाई माओवादीमा पठाएका थिए । आफू भने ज्ञानेन्द्रका ज्वाइ राजबहादुरको एक संस्थाका हर्ताकर्ता बनेका थिए ।

थापा पत्नी कमला एउटै गाउले भन्दै ज्ञानेन्द्रकी छोरा प्रेरणाकहाँ चन्दा माग्न धाइरहन्छिन भने पञ्चायतका चर्चित बाजुराकै मन्त्री स्व.प्रकाशबहादुर सिंहका छोरा गोपालसँग थापा आफै चन्दा माग्ने गर्छन । थापालाई तिनै पञ्चे मन्त्री सिंहले काठमाडौमा पढ्ने व्यवस्था मात्रै गरेनन् बाजुराको कोल्टी गाविसको सचिव समेत बनाएका थिए । थापा एकातिर बहुदलका लागि लड्दै थिए भने अर्कोतिर पञ्चे मन्त्रीले दिएको सचिवको जागिर खाँदै थिए भन्ने रमाइलो कुरा बजुरेलीहरुले नै सुनाउछन ।इलम विना नै काठमाडौमा ठाउँठाउँमा घरघडेरी जोड्न मात्रै होइन महिनामहिना जस्तो विदेश भ्रमणमा जान्छन । उप चुनाव छाडेर अमेरीका भ्रमणमा निस्केका थापाले अमेरिकाका बिभिन्न शहरमा पुगेका तस्वीरहरू फेसबुक मार्फत सार्वजनिक गरिरहेका छन् । फ़ोटो : कर्ण थापाको फेसवुकबाट

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...