आसामको सिल्चार वेश्यालयबाट सात नेपाली महिलाको उद्दार



हाम्रो इकोनोमि

 

भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्दार गरिएको छ । मानव बेचबिखन विरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्दार गरेको हो । सिल्चारको सो वेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबर्जस्ति यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखन विरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसामा पुगेको थियो । दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरी सहित पुगेर सोमवार साँझ सात जना नेपाली महिलाको उद्दार गरिएको हो । उद्दार गरिएकामध्ये तीजना २० वर्ष मुनीका रहेको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइरालाले जानकारी दिए ।

गत चुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्दार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको हो । ् ती युवती र किशोरीलाई बेश्यालयसम्म लैजाने र जर्बजस्ति यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी कोठी सन्चालिका हुन् कि दलालमात्र हुने भन्ने खुलेको छैन । उद्दार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा यरि स्वदेश फिर्तिको पहल भइरहेको शक्ति समूहले जनाएको छ । कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्दार गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...