आसामको सिल्चार वेश्यालयबाट सात नेपाली महिलाको उद्दार



हाम्रो इकोनोमि

 

भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्दार गरिएको छ । मानव बेचबिखन विरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्दार गरेको हो । सिल्चारको सो वेश्यालयमा नेपाली युवती र किशोरीहरुलाई जबर्जस्ति यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखन विरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसामा पुगेको थियो । दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरी सहित पुगेर सोमवार साँझ सात जना नेपाली महिलाको उद्दार गरिएको हो । उद्दार गरिएकामध्ये तीजना २० वर्ष मुनीका रहेको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइरालाले जानकारी दिए ।

गत चुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्दार गरिएको थियो । उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको हो । ् ती युवती र किशोरीलाई बेश्यालयसम्म लैजाने र जर्बजस्ति यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी कोठी सन्चालिका हुन् कि दलालमात्र हुने भन्ने खुलेको छैन । उद्दार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा यरि स्वदेश फिर्तिको पहल भइरहेको शक्ति समूहले जनाएको छ । कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्दार गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...