को को हुँदैछन् नेकपाबाट मन्त्री ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुसँग परामर्श पछि साँझसम्म मन्त्रिपरिषद पुनर्गठन हुने बालुवाटार स्रोतले जनाएको छ । आइतवार नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनको जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । समावेशिता र कार्यक्षमता हेरेर योग्य व्यक्तिलाई मन्त्री बनाउन पार्टीले प्रधानमन्त्रीलाई जिम्मा दिएको नेकपा नेता बामदेव गौतमले बताए । प्रधानमन्त्रीले पूर्व एमालेतर्फबाट हेरफेर हुने मन्त्रीको सूची मुख्य नेताहरुलाई अनौपचारिक रुपमा जानकारी दिइसके पनि पूर्व माओवादीतर्फको हेरफेरका लागि प्रचण्डसँग आज छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री र प्रचण्डबीच विहानै छलफल हुने भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्ड निवास खुमलटार पुगेकाले बालुवाटारको छलफल कतिबेला भन्ने तय भइसकेको छैन । बरिष्ठ नेता नेपाल भौतिक पुर्वाधारमन्त्री रघुवीर महासेठ सहित खुमलटार पुगेका थिए । नेकपा स्रोतका अनुसार स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,जनार्दन शर्मा, छबिलाल विश्वकर्मा,अग्नि सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल लगायतका नेता मन्त्रिपरिषदमा थपिदैछन् । त्यस्तै रामेश्वर राय,प्रेमवहादुर आले,बसन्त नेम्वाङ,शिवमाया तुम्बाहम्फे,यज्ञराज सुनुवार,कृष्णगोपाल श्रेष्ठ,महेश बस्नेत,किसान श्रेष्ठ लगायतको नाममा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...