को को हुँदैछन् नेकपाबाट मन्त्री ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुसँग परामर्श पछि साँझसम्म मन्त्रिपरिषद पुनर्गठन हुने बालुवाटार स्रोतले जनाएको छ । आइतवार नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनको जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । समावेशिता र कार्यक्षमता हेरेर योग्य व्यक्तिलाई मन्त्री बनाउन पार्टीले प्रधानमन्त्रीलाई जिम्मा दिएको नेकपा नेता बामदेव गौतमले बताए । प्रधानमन्त्रीले पूर्व एमालेतर्फबाट हेरफेर हुने मन्त्रीको सूची मुख्य नेताहरुलाई अनौपचारिक रुपमा जानकारी दिइसके पनि पूर्व माओवादीतर्फको हेरफेरका लागि प्रचण्डसँग आज छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री र प्रचण्डबीच विहानै छलफल हुने भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्ड निवास खुमलटार पुगेकाले बालुवाटारको छलफल कतिबेला भन्ने तय भइसकेको छैन । बरिष्ठ नेता नेपाल भौतिक पुर्वाधारमन्त्री रघुवीर महासेठ सहित खुमलटार पुगेका थिए । नेकपा स्रोतका अनुसार स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,जनार्दन शर्मा, छबिलाल विश्वकर्मा,अग्नि सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल लगायतका नेता मन्त्रिपरिषदमा थपिदैछन् । त्यस्तै रामेश्वर राय,प्रेमवहादुर आले,बसन्त नेम्वाङ,शिवमाया तुम्बाहम्फे,यज्ञराज सुनुवार,कृष्णगोपाल श्रेष्ठ,महेश बस्नेत,किसान श्रेष्ठ लगायतको नाममा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...