कुनै केटीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ?? (जानी राखौं)



हाम्रो इकोनोमि

 

कुनै पनि राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घुरेर हेर्ने मात्र होइन आँखा झिम्क्याउन जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । त्यस्तै फोन नम्वर र फेसबुक आइडी माग्दै उस्तैले त आई लभ यू नै भनिदिन्छन् । तर केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् ।

बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी चोरी हेर्छन् । लुकी लुकी हेर्छन । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् । तथापि यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन भनेर

हाँस्नु मुस्कुराउनु कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन । ती यसले पुरुषप्रति युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्राय मुस्कानलाई नै मुख्य हतियार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले अब तपाईं पनि यो कुरा याद गर्नुस ।

कर्के नजर कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र पुरुषले देखिहालेमा नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधाउने कोशिश पनि गर्छन्, तर सक्दैनन् ।

लुकी लुकी नजर जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् । ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो ।

बोल्दा अनुहार रातो हुनु यदि कुनै केटी तपाईंसँग बोल्दा हड्बडाउँछिन्न नर्भस हुन्छिन् भने जान्नुस उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन मनै मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...