आलमको बयान सकियो, अब थुनछेक बहस



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस निलम्बित सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि थुनछेक बहस हुने जनाइएको छ ।

२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टामा ज्यूँदै जलाएर हत्या गरेको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीन वटा मुद्दा दर्ता गराएको छ । त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको छ । आज तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् ।

तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलमले हो त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए । आलमले यही एक मात्र प्रश्नको साविती बयान दिएका छन् ।

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।

प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...