आलो पालो प्रधानमन्त्री भन्ने कुरा इतिहास बन्यो : अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

पाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व ‘आलोपालो’ गर्ने चर्चाको अन्त्य भएको छ । दाङमा प्रचण्डले नै उक्त विषय ‘इतिहास’ भएको भन्दै यसको पुष्टि गरेका छन् ।

यो सँगै नेकपामा प्रचण्ड कार्यकारी अध्यक्षको जिम्मेवारीको नजिक रहेको संकेत पनि मिलेको छ । पार्टीका सबै बैठकदेखि नियमित काम कारबाही र सचिवालयका बैठक अब प्रचण्डले डाक्नेछन् ।

प्रधानमन्त्री ओली बिरामी भएका कारण आरम गर्नुपर्ने भएकाले पार्टीका सबै काम र जिम्मेवारी प्रचण्डलाई दिँदैछन् भने सरकारको नेतृत्व गरे पनि त्यसको कार्यकारी अधिकार बरिष्ठ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिने चर्चा सतहमा आएको छ । पोखरेलल ओलीको पावर अफ एटोर्नीमा मन्त्रिपरिषद्का बैठकलगायतका काम कारबाही गर्ने चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री ओली थप उपचारका लागि केही दिनमा फेरि सिंगापुर प्रस्थान गर्न लागेका छन् । मिर्गौलाका रोगी रहेका प्रधानमन्त्री ओली नयाँ मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताइएको छ । त्यसको सम्भावना र जोखिमका विषयमा बुझ्न प्रधानमन्त्रीकी नीजि चिकित्सक डा. दिव्यासिंह शाह अमेरिका प्रस्थान गरिसकेकी छन् ।

शाहले अमेरिकामा मेडिकल सम्भावनाका विषयमा सबै कुरा बुझेर नेपाल फर्किएपछि ओलीले मिर्गौला पुनः प्रत्यारोपण गर्नका लागि सिंगापुर जाने र आरामका लागि लामो समय लाग्ने हुँदा सरकारको जिम्मा पोखरेल र पार्टीको जिम्मा प्रचण्डलाई दिन लागेको बताइएको छ ।

भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले यस विषयमा त्यहाँका डाक्टरसँग पनि परामर्श गरेको उच्च स्रोतले जनाएको छ । हालै मिर्गौला डायलासीसका क्रममा पहिलो पटक प्रत्यारोपण गरिदिने एपोलोका बरिष्ठ मिर्गौला रोग विशेषज्ञलाई काठमाडौंमा झिकाएर परामर्श गरिएको चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...