भ्रममा नपर्नूस्, प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रेको छैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध कत्तिपनि नबिग्रेको बताउनु भएको छ ।

उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भइराखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिडियामा प्रचार गरिएजस्तो सम्बन्ध बिग्रिहालेको होइन, कुराकानी भइरहेको छ ।’ अध्यक्ष दाहालले सोमबार पनि दुई घण्टा प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको बताउनुभयो ।

‘तपाईंहरू के भ्रममा नपर्नुहोला भने कहिलेकाहीँ मिडियामा आउने एक दुइटा कुराले ठूलै केही पो छ कि भन्ने छ भने त्यो भ्रम हो’ पाँचथरमा पत्रकारहरूसँग प्रचण्डले भन्नुभयो, ‘समग्र अवस्थालाई कसरी लैजाने भनेर समीक्षा गरेर समझदारीमा जाने संकल्पसहित आएका छौं। अरू होहल्ला र प्रचारबाजीको भ्रममा कोही नपर्नुहोला।’

पार्टी एकताका बेला गरेका सहमतिअनुसार प्रधानमन्त्री अघि नबढेको भन्दै प्रचण्ड र प्रधानमन्त्रीबीच दुरी बढेको समाचार आएका थिए। पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन भइराखेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

‘पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन नभएको भए एकता यो विन्दुसम्म आउनै सक्दैनथ्यो,’ उहाँले भन्नुभयो,
‘मुलभुत रूपमा हामी सहमति कार्यान्वयनमै छौं। अरू सबै समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन भइसक्छन्।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...