प्रधानमन्त्री ओलीले भन्नुभयो, अब सडकमा कोही पनि जिंग्रिङ्ग भएर बसेको देख्नु पर्दैन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले अब नेपालका सडकका पेटीमा ‘सडक मान्छे’ देख्न नपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीलेसडकमा जिंग्रिङ्ग भएर अब कोही पनि बस्न नपर्ने समेत बताए । सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, अब सडकमा कोही पनि सुतेको, जिंग्रिङ्ग भएर बसेको देख्नु पर्दैन। सडकमा मान्छे हुनै सक्दैन। हरेकको व्यवस्था गरिन्छ। आवास दिइन्छ। अब नो स्ट्रिट पिपुल।’

प्रधानमन्त्री ओलीले काठमाडौंका सडकका पेटीमा अब माग्ने नदेखिने दाबी गरे। ‘अब सडकमा बालबालिका पनि हुँदैनन्। पानीजहाजका कुरा गर्दा मान्छेले उडाए’, उनले भने, ‘पहिले भोजपुर पुग्न चार घण्टा लाग्थ्यो। अहिले सुनसरीबाट पानीजहाज २० मिनेटमै पुगेर आउँछ। एकछिनमै पुग्छ, एकछिनमै आउँछ।’

उनले नारायणीमा २०० जना अट्ने स्टिमर बनिरहेको बताउँदै सरकारले देखाएको सपनालाई युवाहरुले विपनामा परिणत गरेको भन्दै खुसी व्यक्त गरे। ‘सकारले पानीको बाटोको कुरा गरेपछि युवाहरु उत्साहित भए।’ प्रधानमन्त्री ओलीले भने, ‘कोसी र नारायणीमा साना जहाजहरु चल्न थालेका छन्।’

प्रधानमन्त्री ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको समेत बताउदै भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’

विस्तारका क्रममा अलपत्र कलंकी–नागढुंगा सडकखण्ड अब बनिसकेको बताउँदै गीत गाउने बहाना सकिएको उल्लेख गरे। ‘धेरै वर्षदेखि गीत थियो, कलंकी–थानकोट–नागढुंगा सडक बनेन भनेर’, उनले भने, ‘अब यो सडक पनि तयार भएको छ, गीत गाउनेहरुको बहाना यहाँ पनि सकियो।’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा यो वर्ष १६ सय किलोमिटर सडक बनिसकेको बताउँदै अब सरकारले चार लेन र ६ लेनका मात्रै सडक बनाउने उल्लेख

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...