नगरप्रशासनकै मिलेमतोमा साङ्गलामा प्लटिङ,सयौँ रुख र खेतीयोग्य जमिन स्वाहा



हाम्रो इकोनोमि

 

१ करोडसम्मका आयोजनामा अब डोजर प्रयोग गर्न नपाइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ पारित गरेसँगै डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि अंकुश लाग्ने भएको हो ।

प्राविधिक रुपमा असम्भव स्थानमा डोजर प्रयोग गर्न भने निर्देशिकाले प्रतिवन्ध लगाइएको छैन । त्यसका लागि प्राविधिक टोलीको सिफारिस चाहिने छ।

तर, तारकेश्वर नगरपालिका भित्र यस्तो कुनै नियमको प्रवाह नै छैन ।नगरभित्रका खेतीयोग्य जमिनहरुमा डोजर चलिरहेको छ र यहाँका खेतीयोग्य जमिन र हरियाली डाँडा मरभुमी जस्तै उदाङ्गगो बनिरहेका छन ।

गरिब निमुखा एवं भुकम्पपिडितहरुलाई घडेरी सम्याउन नगरप्रशासन बाधक हुन्छ भने र्साजनिक जग्गा मास्ने बालुवा ठेकेदारहरुलाई नगरपालिका वा प्रहरी बेखवर जस्तै बनीरहेको छ ।

वन नियमावलीलाई लत्याउदैैं रुख कटान

यो दृश्य हो तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङ्गलाको जाँहा सयौ भन्दा बढी रुख एवं खेतीयोग्य जमिन मासेर डोजर चलिरहेको छ ।

पटक पटक स्थानिय बासीको अवरोध लाई लत्याउदै नगरप्रशासनको मिलेमतो एवं राजनैतिक संरक्षणको आडमा प्लटीङ्ग भइरहेको स्थानियबासी बताउछन ।

वन नियमावली, २०५१ अनुसार रुखको कटान तथा ओसार पसारमा घरायसी प्रयोजन बाहेक अन्य ओसार पसार गर्न वन बिभागको स्वीकृति अनुसार गर्नू पर्ने हुन्छ तर याहाँ प्रचलित ऐन र नियमलाई लत्याउदै डोजर चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...