नगरप्रशासनकै मिलेमतोमा साङ्गलामा प्लटिङ,सयौँ रुख र खेतीयोग्य जमिन स्वाहा



हाम्रो इकोनोमि

 

१ करोडसम्मका आयोजनामा अब डोजर प्रयोग गर्न नपाइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ पारित गरेसँगै डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि अंकुश लाग्ने भएको हो ।

प्राविधिक रुपमा असम्भव स्थानमा डोजर प्रयोग गर्न भने निर्देशिकाले प्रतिवन्ध लगाइएको छैन । त्यसका लागि प्राविधिक टोलीको सिफारिस चाहिने छ।

तर, तारकेश्वर नगरपालिका भित्र यस्तो कुनै नियमको प्रवाह नै छैन ।नगरभित्रका खेतीयोग्य जमिनहरुमा डोजर चलिरहेको छ र यहाँका खेतीयोग्य जमिन र हरियाली डाँडा मरभुमी जस्तै उदाङ्गगो बनिरहेका छन ।

गरिब निमुखा एवं भुकम्पपिडितहरुलाई घडेरी सम्याउन नगरप्रशासन बाधक हुन्छ भने र्साजनिक जग्गा मास्ने बालुवा ठेकेदारहरुलाई नगरपालिका वा प्रहरी बेखवर जस्तै बनीरहेको छ ।

वन नियमावलीलाई लत्याउदैैं रुख कटान

यो दृश्य हो तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङ्गलाको जाँहा सयौ भन्दा बढी रुख एवं खेतीयोग्य जमिन मासेर डोजर चलिरहेको छ ।

पटक पटक स्थानिय बासीको अवरोध लाई लत्याउदै नगरप्रशासनको मिलेमतो एवं राजनैतिक संरक्षणको आडमा प्लटीङ्ग भइरहेको स्थानियबासी बताउछन ।

वन नियमावली, २०५१ अनुसार रुखको कटान तथा ओसार पसारमा घरायसी प्रयोजन बाहेक अन्य ओसार पसार गर्न वन बिभागको स्वीकृति अनुसार गर्नू पर्ने हुन्छ तर याहाँ प्रचलित ऐन र नियमलाई लत्याउदै डोजर चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...