ह्याप्पी तिहार, चिसो बियर’ गीत गाउने गायक दुर्गेश थापा पक्राउ



हाम्रो इकोनोमि

 

हरीले गायक दुर्गेश थापालाई पक्राउ गरेको छ । तिहारको छेको पारेर सार्वजनिक गीत  ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

सोही उजुरीपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले रातोपाटीलाई जानकारी दिए । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखाको ल्याइएको उनको भनाइ छ ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...