जम्मू–कश्मीरमा दुई पक्षबीच गोलाबारी हुँदा १४ जनाको ज्यान गयो
भारतले विशेष दर्जाको हैसियत खोसेपछि जम्मु कश्मीरमा तनाब सुरु भएको छ । भारतले पाकिस्तानले आइतबार बिहानै संघर्ष विरामको उल्लंघन गर्दै जम्मु कश्मिर क्षेत्रमा भारतीय सेनामाथि गोली चलाएको आरोप लगाएको छ । अर्को तर्फ पाकिस्तानले पनि भारतीय सेनाले सर्वसाधारणलाई केन्द्रमा राखेर आक्रमण गरेको बताएको छ । भारतीय सेनाले केही पाकिस्तानी क्याम्पहरुलाई पनि निशाना बनाएको थियो ।
यसको जवाफमा भएको दोहोरो भिडन्तमा ९ जना भारतीय सैनिक मारिएका छन् । सर्वसाधारण सहित ५ जना सहीद भएको पाकिस्तानी सेना प्रवत्ता आसिफ गफुरले जानकारी दिएका छन् । उनले भारतीय सेनाका केही क्याम्पहरु पनि ध्वस्त पारेको जानकारी दिएका छन् । दुई देशका मिडिया र सेनाले फरकफरक दावा गरिरहेका छन् । घाइतेहरुको संख्या एकिन भएको छैन । पाकिस्तानी सेनाले आफ्ना साथिहरुको शव लैजान भन्दै भारतलाई अनुरोध गरेको छ ।
भारत र पाकिस्तानबीच यो क्षेत्रमा गोली नचलाउने बारम्बार सम्झौता भएका छन् । तर, भारतले यो वर्षमात्र पाकिस्तानले २०५० भन्दा धेरै पटक यो सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारका अनुसार पछिल्ला घटनामा २१ नागरिकको मृत्यु भएको छ । सन् २००३ मा नै यी दुई देशबीच उक्त क्षेत्रमा गोलीबारी नगर्ने सम्झौता भएको थियो । यसरी हेर्दा दुई देशका कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । एजेन्सी


