सुगर देखि नआत्तिनुहोस् यसरी खाना खान जान्नुभयो भने नियन्त्रण हुन्छ- डा.ज्योती



हाम्रो इकोनोमि

 

डा‍. ज्योती भट्टराई मधुमेह रोगको सन्र्दभमा निक्कै चर्चित नाम हो । उहाँले थुप्रै मधुमेह रोगीलाई उपचार सेवा दिइसक्नुभएको छ । उहाँले यो रोग नियन्त्रणका विभिन्न उपायको खोजी गरिरहेको हुनुहुन्छ। अचेल उहाँको मेट्रो काठमाडौं अस्पतालमा मधुमेह भएर गएपछि हरेकले ‘डाइट क्लास’ लिनैपर्छ। यो कक्षामा डाइटिसियनले मधुमेह भएपछि के खाने, के नखाने, मात्रा मिलाएर कसरी खाने आदिबारे जानकारी दिन्छन्। हामीकहाँ मधुमेह भएपछि यो पनि खान हुन्न, त्यो पनि खान हुन्न भनेर शरीर कमजोर बनाएर आउने धेरै छन्’, डा. भट्टराई भन्नुहुन्छ, त्यसैले यस्ता बिरामीका लागि काउन्सिलिङ जरुरी छ भनेर नियमित कक्षा लिन लगाउँछु।

यसबाहेक ‘एक्सराइज’ गर्न पनि सिकाइन्छ। मधुमेहका बिरामी औषधि खान झण्झट मान्नुहुन्छ । यो कुराले उहाँहरूलाई सधैँ तनाव दिन्छ। औषधि मात्र खाएर पुग्दैन भन्ने मलाई लाग्छ उहाँ भन्नुहुन्छ, औषधिसँगै खानपानमा ध्यान दिइएन भने मधुमेह मात्र होइन कुनै पनि रोग निको हुन सक्दैन।

अर्को कुरा बिरामीलाई मानसिक तनाव पनि भइरहेको हुन्छ। यस्तो अवस्थामा मनोपरामर्शको पनि आवश्यकता पर्नसक्छ। सबै कुरा मिलाएर उपचार दिन सके मात्र बिरामीलाई लाभ हुने डा. ज्योतीको बुझाइ छ।पछिल्लो समय उहाँले बिरामीलाई उपचारात्मक खानामार्फत मधुमेह नियन्त्रण गर्न सुरु गर्नुभएको छ ।

डा. ज्योतिका अनुसार यसको परिणाम असाध्यै राम्रो आएको छ। ‘हुन त यो हामीले शुरु गरेको एक महिना पनि भएको छैन उहाँले भन्नुभयो, तर एक सातामै यसको परिणाम देखिन थालेको छ। उहाँका अनुसार यो उपचारात्मक खाना उपचार विधि मोटोपन बढी भएका व्यक्तिहरूका लागि ल्याइएको हो। जो व्यक्ति मोटा छन्, उहाँहरूलाई सुगर नियन्त्रण गर्न निकै गाह्रो हुन्छ। त्यसैले हामीले यस्ता व्यक्तिलाई दैनिक ८०० मात्र क्यालोरी भएको खानाको चार्ट दिन्छौँ’, डा. ज्योती भन्नुहुन्छ, यसमा भात, रोटी, तरकारी र फलफूल सबै पर्छन्। तर क्यालोरी लिमिट भने क्रस गर्न पाइँदैन।

यो विधि प्रत्यक्ष रूपमा डाक्टर र पोषणविदको निगरानीमा हुन्छ। उहाँले मोटा बिरामीलाई छानेर कतिपयलाई त औषधि छुटाएर र कतिपयलाई औषधिको मात्रा कम गराएर उपचार शुरु गर्नुभएको छ  यसो गर्दा एक सातामै दुई किलोसम्म तौल घटेको उहाँले देख्नुभयो । सुगर पनि नियन्त्रणमा आएको पाइएको छ। हाम्रो उदेस्य सुगर नियन्त्रणमा ल्याएर औषधी खान नपर्ने बनाउने नै हो ।

हामीले खाएको खानाका कारण शरीमा बोसो बनेर जमेको हुन्छ। पहिला भए परिश्रम गरेर पग्लिन्थ्यो’, डा. ज्योती भन्नुहुन्छ, ‘तर अहिले धेरैले शारीरिक परिश्रम गर्दैनन्। त्यसकारण शरीरमा बोसो थुप्रिँदै जान्छ पेटको गोलाइ बढ्छ र अनेक समस्या निम्तिन्छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...