एनआरएनए सचिवमा शुष्मा राईको उम्मेदवारी दर्ता, उत्साहित बने मतदाता



हाम्रो इकोनोमि

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियान्ता सुष्मा राईले उम्मेदवारी दर्ता गर्नुभएको छ । बर्तमान कार्यसमितिका आईसिसी सदस्य राईले एनआरएनए अभियानका आफ्ना ठोश प्रतिवद्धतासहित सचिव पदमा उम्मेदवारी दिनुभएको हो ।

तीन कार्यकाल (२०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसक्नु भएकी राई सामाजिक अभियानमा अग्रभागमा रहनुभएको छ । गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र अनुभवहरुलाई देशको समृद्धिसँग जोड्नका लागि आफूले सचिव पदमा उम्मेदवारी दिएको राईले बताउनु भयो ।

मातृभूमीको समृद्धिका लागि गैर आवासीय नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई जोडने मेरो लक्ष्य हो, यसैका लागि सचिव पदमा उम्मेद्वार बनेको छु, राईले भन्नुभयो । राईले आइसिसि सदस्य हुनुभन्दा अघि एनआरएनए युकेकी सचिव भएर काम गरिसक्नुभएको छ । राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुनुहुन्छ ।

 

बिश्वभरका एनआरएनएबीच परिचित राई कुल आचार्य समुहको पहिलो सूचीमा पर्नुभएको छ । गलत काम भएमा कसैसँग संझौता नगर्ने राईलाई जिताउन युरोप, अमेरिकादेखि मिडल इष्टका मतदाताले अभियान चलाएका छन । आम मतदाताले जित्नै पर्ने उम्मेद्वारको सूचीमा पारेको कारण राई निकै बलियो उम्मेद्वारका रुपमा देखिनुभएको छ ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनमा विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु सहभागी छन् । आज चार बजेबाट हुने निर्वाचनमा बिभिन्न १४ पदका लागि ४२ जना चुनिने छन् । सम्मेलनमा प्रतिनिधिसहित नेपाल र ८१ राष्ट्रबाट २५ सय जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...