टोखा-छहरे सुरुङमार्ग ३५ अर्ब खर्चेर चीनले बनाइदिने,



हाम्रो इकोनोमि

नुवाकोटलाई काठमाडौंसँग सुरुङमार्गबाट जोडिने भएको छ । ४.१७ किलोमिटरको यो सुरुङमार्ग चीनले अनुदानमा निर्माण गरिदिन लागेको हो ।

चीनको केरुङबाट काठमाडौं जोड्ने सहज सडक आयोजनाका रुपमा यसलाई अघि बढाउन लागिएको र यो आयोजना अनुदानमा निर्माण गरिदिन चीन सहमत भएको अर्थ मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ। ‘हामीले अनुदानमा निर्माणको प्रस्ताव गरेका थियौँ, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बेला निर्माण सम्झौता हुँदैछ,’ अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।

सरकारले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला १० वटा आयोजना ‘गिफ्ट’का रुपमा माग गर्ने तयारी गरेको छ। त्यसमध्ये यो आयोजना अनुदानमा निर्माणको सम्झौता गर्नेगरी अन्तिम गृहकार्य भइरहेको छ। ‘सम्झौताको अन्तिम गृहकार्य चलिरहेको छ,’ स्रोतले भन्यो।

काठमाडौंको सामाखुसिदेखि नुवाकोटको छहरेसम्मको बाटो स्तरोन्नतिका लागि सरकारले केही समयअघिदेखि प्राथमिकता पनि दिँदै आएको छ। काठमाडौंबाट चीनको नाका केरुङ जोड्ने सबैभन्दा छोटो रुटका रुपमा हेरिएको सुरुङमार्ग निर्माणलाई पनि सरकारले प्राथमिकताको माथिल्लो सूचीमै राखेको छ। यो आयोजना निर्माण सम्पन्न गर्न करिब ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

सरकारले यो आयोजनाको विस्तृत अध्ययन १ वर्षमा सकिने र निर्माण थालेको ५ वर्षमा आयोजनाको काम सम्पन्न हुने अनुमान गरेको छ। सुरुङमार्गसँगै सरकारले ३४ किमी सडकको ४ लेनमा विस्तार गर्ने योजना अघि सारेको छ।

नुवाकोटको थान्सिङदेखि रसुवागढीतर्फको सडक ४ लेनमा विस्तार गरी दुई देश जोड्ने नाका सहजरुपमा सञ्चालन गर्ने योजना सरकारको छ। काठमाडौंबाट नुवाकोटको छहरे हुँदै त्रिशुली नदीको किनारै-किनार रसुवाको स्याफ्रुबेसिसम्मको सडक ४ लेनको बनाउने र यही बीचमा एउटा सुरुङ निर्माण गर्नेगरी काम अघि बढाउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...