चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरी सी मिंङजेबारे थाहा पाउनुहोस् राेचक कुरा



हाम्रो इकोनोमि

 

चिनियाँ राष्ट्रपति सी जिनपिङको एकमात्र छोरीको नाम हो सी मिंङजे । उनको जन्म सन् १९९२, जुन २७ सिचुआन प्रान्तको फ्यानियनमा भएको थियो । उनकी आमा एक प्रसिद्ध लोक गायिक हुन्। उनी २००६ देखि २००८ सम्म हाङजोङ फरेन ल्याङवेज स्कूलमा पढिन् र अन्य विषयहरूमध्ये फ्रान्सेली भाषा सिकिइन् । उनी झेजियांग विश्वविद्यालयमा भर्ना भइन् र आफ्नो स्नातकको अध्ययनको लागि करीव एक वर्ष खर्च गरिन्।

 

सन् २०१० मा उनलाई हार्वर्ड विश्वविद्यालय, म्यासाचुसेट्स, उपनाममा मनोविज्ञान र अंग्रेजी पढ्न पठाइएको थियो। उनले मे २०१४ मा आफ्नो स्नातक पूरा गरिन् र पछि चीन फर्किइन्। हाल उनी बेइजिङमा बस्छिन्। किशोरावस्थादेखि नै विभिन्न परोपकारितामा संलग्न रहेर उनले काम गर्दै आइरहेकी छिन् । जुलाई २००८ मा चिनियाँ समाचार प्रकाशनको रडारमा आइन् । त्यति बेला उनी केबल १६ वर्षकीमात्र थिइन् ।

 

उनले १२ मे सिचुआन भूकम्प राहतका लागि काम गरिन् ।उनको आमाले पीडितको समर्थनमा एउटा कार्यक्रम गरिरहेकी थिइन् । जब उनले एक स्वयंसेवी आवेदन पेस गरिन् र उनको स्कूलको अनुमति लिएर भूकम्प गएको केही दिन पछि हजारौं बेइजिङ स्वयंसेवकहरूसँग भूकम्प प्रभावित इलाका भ्रमण गरिन् । उनका बुबाले नोभेम्बर २०१२ मा चीनको कम्युनिष्ट पार्टीको महासचिव बनेको एक हप्ता पछि उनले अन्तर्राष्ट्रिय मिडियाको ध्यानाकर्षण गरिन्।

 

युकेको ‘द मेल’ ले पहिलो पटक नोभेम्बर १, २०१२ मा खबर गरेको थियो कि उनी हार्वर्डमा गुप्तरूपमा अध्ययन गरिरहेकी छिन्। पश्चिमी संस्कृतिको प्रशंसक शी जिनपिङले आफ्नी छोरीलाई सन् २०१० मा हार्वर्डबाट स्नातक पूरा गर्न संयुक्त राज्य पठाएका थिए । उनी त्यहाँ अध्ययन गरिरहेकी थिइन् भन्ने तथ्यलाई गोप्य राखिएको थियो । उनीबारे जान्ने केवल १० जना मात्र सीमित थिए। संकाय र घनिष्ठ मित्रहरूको संख्या, उनको वास्तविक पहिचानको बारेमा जान्दैन्थे ।

उक्त प्रतिवेदनका अनुसार उनलाई पढन्ते, धेरै शान्त र अध्ययनशील भनेर वर्णन गरिएको छ । उनी प्रेसको ध्यानबाट पनि सुरक्षित थिइन् र सधैं अंगरक्षकहरूसँग हुन्थिइन् । उनको कामका लागि २४ सै घण्टा सुरक्षागार्डले पहरा दिने गथ्र्यो । उनको बुबा अन्ततः मार्च २०१३ मा जन गणतन्त्र चीनको सातौँ औं राष्ट्रपति बने, त्यसपछि उनी आफ्नो परिवारसँग फेब्रुअरी २०१५ मा पहिलोपटक सार्वजनिक भइन् ।

 

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

 

घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रूपैयाँ बराबरको बिक्री हुन थालेको छ । सिस्नोको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले देशका मुख्य शहरहरूमा सिस्नो पाउडर पुयाइसकेको छ ।राजधानीमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नो पाउडर देशभित्रमात्रै नभई अमेरिका, बेलायत, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूमा पु¥याइसकेको छ।

 

गोरखा, सिन्धुपाल्चोक, दोलखालगायत देशका विभिन्न ग्रामीण मुलुकहरूमा रहेका विभिन्न सहकारीहरूले सङ्कलन गरेको सिस्नोलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङमा जुटेको हिमालयन एग्रो प्रोडक्टले तयार गरेको रावा नामक ब्राण्डको सिस्नो सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी गर्छन् प्रबन्ध निर्देशक विशाल राई । वार्षिक ६० देखि ७० लाखको सिस्नो पाउडर बिक्री गर्दै आएका राईले यसकै आन्तरिक र बाह्य बजार विस्तार गर्नेतर्फ लागेको बताउँछन् ।

 

सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ-संस्थाहरूको पनि लर्को लागेको छ । त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नोको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं सङ्घरसंस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नोको कारोबार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...