महरालाई महिलाको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’



हाम्रो इकोनोमि

 

जीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ ।

हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ ।

एम सर वान (महरा सर १ हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे । आइतबार साँझ घटना भएपछि सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका छन् । मतलब हिँजोको कुरा बिर्स भन्दै माफी मागेका छन् ।

त्यसको जवाफमा भने महिलाले भने ८ बजेर ३८ मिनेटमा जवाफ फर्काउँदै तेरो सकिने दिन आयो भनेकी छिन् ।

महिलाले महरालाई पठाएको अर्को म्यासेजमा सबैतिर तेरो र्‍युमर फैलाउँछु भन्दै म्यासेज पठाएकी छिन् ।

उनले लेखेकी छिन्, सबैतिर तेरो र्‍युमर फैलाउँछु, अब सिजेलाई पनि सबै भने, तेरो उपसभामुखलाई पनि भनें मेसेज गरेर । हिँजो पुलिसलाई बयान दिएँ के के भको भनेर । तैंले पिटेका ठाउँ ठाउँका निलडाम मेरो औंला भाँचिने गरी बटारेको सुन्निएको सबै मोबाइलमा रेकर्ड गरेर लगेको छ । पम्फालाई म्यासेज गरें । गर्न सक्ने सबै गर्छु, तँलाई बचाएर के काम अब ?’

र, त्यसको लगत्तै उनले अर्को म्यासेज गरेकी छिन्, ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’

महिलाको यही म्यासेजकाे अर्थ लगाउने हाे भने महरा र उनीबीच लामो समयदेखि प्रेम सम्बन्धमा रहेको हुनसक्ने संकेत गरेकाे छ ।

यद्यपि एम सर वान नाममा सेभ गरिएको म्यासेज महराले नै पठाएको हो कि होइन वा त्यो कुन नम्बर थियो भन्ने स्पष्ट भएको छैन । पहिले सार्वजनिक भएको ९८५१११६४५६ नम्बरको मोबाइल् भने महिलाले एम सरको नाममा सेभ गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...