२०२१ को लागि डीभी खुल्यो, भारत र पाकिस्तानसहित १७ देशका नागरिकले डीभी भर्न नपाउने



हाम्रो इकोनोमि

 

सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।

यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् ।

आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।

यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउने अमेरिकी अधिकारीहरु बताउँछन् । व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ । तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि बिभिन्न सर्त र प्रक्रियाहरु पूरा गर्नु पर्ने अधिकारीहरु बताउँछन् ।

भारत र पाकिस्तानसहित १७ देशका नागरिकले डीभी भर्न नपाउने

नेपालीहरुले डीभीको आवेदन फारम भर्न सक्छन् । भारत, पाकिस्तान, बंगलादेशसहित १७ देशका नागरिकहरुले भने डीभीको फारम भर्न पाउने छैनन् ।

डीभीको आवेदन दिन नपाउने देशहरुमा चीन (मुख्य भूमिमा जन्मिएका), ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनाम छन् ।

किनभने यी देशहरुका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने भएका हुन् । तर, चीनको मुख्य भूमिमा जन्मिएका बाहेक हङकङ, मकाउ र ताइवानका बासिन्दाले भने डीभी भर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...