मोदी सरकारले दसैंको मुखैमा खाद्यन्न निर्यातमा प्रतिवन्ध, मारमा परे नेपाली



हाम्रो इकोनोमि

 

भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै दसैंको मुखैमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाणसमेत तोकेको छ । यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ । नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ ।

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियमसमेत तोकेको छ । मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै भण्डारण गर्न पाउने कोटा पनि तोकिएको छ । अत्यधिक परिमाणमा भण्डारण गरी कालोबजारी गर्न सक्ने भन्दै भारत सरकारले यस्तो कदम चालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन । भारतमा ‘अफ सिजन’का कारण मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ । काठमाडौं उपत्यकामा थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । खुद्रा व्यापारीले १ सय ५० रुपैयाँसम्म मूल्य तोकेका छन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो । असोज पहिलो साता यसको मूल्य अकासिएको हो । थोकमा प्रतिकिलो ४१ रुपैयाँ महँगिएको छ । खुद्रामा भने झन्डै ८० प्रतिशतले व्यापारीले आफूखुसी मूल्य थपेका छन ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार उत्पादन भएको प्याज झरीले भिजेर बजार आउन सकेको छैन । अघिल्लो सिजनमा उत्पादन भएको प्याज थोरै मात्रै भण्डारण गरिएको थियो । त्यही पनि पानीमा भिजेकाले माग अत्यधिक र आपूर्ति कम भएर मूल्य अत्यधिक वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...