चीनको बेइजिङमा नेपालको हिमालय एयरलाइन्सले पायो स्लट



हाम्रो इकोनोमि

 

सारकै ठूला विमानस्थलमध्ये एक बेइजिङको डाक्सिङ विमानस्थलमा उडान गर्न नेपालको हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ ।

चीनका विभिन्न शहरमा उडानको तयारी गरिरहेको उक्त एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा स्लट प्राप्त गरिसकेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

विमानस्थलले वायुसेवा कम्पनीलाई उडान तथा अवतरणका लागि उपलब्ध गराउने समयलाई स्लट भनिन्छ । डाक्सिङमा दैनिक एक उडान गर्ने गरी स्लट प्राप्त भएको उनले बताए ।

कम्पनीले करिब एक महिनापछि चीनमा उडान विस्तारको योजना बनाएको छ । हिमालयले चीनमा उडान बिस्तार गर्न सके त्यो नेपाली कम्पनीको प्रतिनिधित्व गर्ने एक मात्र कम्पनी हुनेछ । चीनमा नेपाल एयरलाइन्सले उडान विस्तारको योजना बनाए पनि तालिका सार्वजनिक गरिसकेको छैन । उता, चीनबाट भने नेपालमा ५ वटा कम्पनीले उडान गर्छन् ।

हिमालयले नयाँ जहाज ए ३१९ जहाज थप्दैछ । १ सय २८ सिट क्षमताको उक्त जहाजबाट कम्पनीले बेइजिङमा उडान गर्ने भएको छ । काठमाडौंबाट करिब साढे ४ घण्टाको उडानमा जहाज बेइजिङ पुग्नेछ ।

मलेसियामा पुनः उडान शुरु गर्ने

मलेसियाको रोजगारी खुलेसँगै हिमालय एयरलाइन्सले मलेसियामा उडान विस्तार गर्ने भएको छ । मलेसियामा यस अघि नै उडान गरेको कम्पनीले मलेसियाको रोजगारी बन्द भएपछि उडान कटौती गरेको थियो ।

हिमालय एयरलाइन्ससँग अहिले ए ३२०–२१४ सिरिजका ३ वटा जहाज छन् । ती जहाजबाट कम्पनीले अवुधावी, दमाम, दोहा र ढाकामा उडान गरिरहेको छ । मे ३१ २०१६ बाट उडान थालेको हिमालयले सन् २०२० मा करीव आधा दर्जन चिनियाँ शहरमा पुग्ने लक्ष्य लिएको छ ।

चीनको बेइजिङसहित ल्हासा, चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा उडान बिस्तारको योजना रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...