फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प



हाम्रो इकोनोमि

 

दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो ।

इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ । फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प शुरुमा ६.७ म्याग्नीच्यूडको मापन गरिएको थियो ।

इन्डोनेसिया भूकम्पीय जोखिममा रहेको मुलुक हो । गत बिहीबार मात्र इन्डोनेसियाको पूर्वी प्रान्तमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका थिए । भूकम्पका कारण ठूलो मात्रामा पूर्वाधारमा क्षति पुगेको थियो ।

फिलिपिन्सको भूगर्भ मापन केन्द्रका अनुसार डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार बिहान १० बजे आएको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ६० मिटर गहिराईमा रहेको थियो ।

प्रारम्भिक विवरणमा भूकम्पबाट जनधनको क्षति भएको समाचार प्राप्त नभएको फिलिपिन्सका उद्धार अधिकारीहरुले जनाएका छन् । तर भूकम्पका परकम्पन आउनेक्रम जारी रहेको छ ।
फिलिपिन्सका किडापावान, डाभाओ, सारानगानी, जेनेरल सान्तोस, कागायान डी ओरो, जिनगूग र बिसलिग शहरमा पनि अनुभव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...