अबदेखि कहिल्यै नहुने भयो नागढुंगा–नौबिसे सडकमा जाम



हाम्रो इकोनोमि

 

सरकारले पहलकमदी लिएपछि दशैंको मुखमा संघीय राजधानी काठमाडौं भित्रिने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा सवारी आवागमन केही सहज भएको छ । स्थलगत अनुगमन गरी व्यवस्थापकीय कमजोरी सुधार गरेपछि शनिबारदेखि सवारी आवागमनमा केही सहज भएको हो ।

लामो जाममा यात्रु फस्न थालेपछि महानगरीय ट्राफिक प्रहरीसहित जिल्ला प्रशासन कार्यालयले जाम खुलाउन बिकल्प अपनाएपछि आज हिजो भन्दा सहज भएको छ । दशैंको मुखमा गरिएको निर्माण कार्यले नाकढुंगा–नौबिसे सडकमा लामो सवारी जामका कारण केही दिनदेखि यात्रुले सास्ती पाउँदै आएका थिए । जाममा फसेका यात्रुको ज्यानै जान थालेपछि सरकारले समाधानको प्रयास अघि बढाएको हो । यही क्रममा गृहमन्त्री रामवहादुर थापाले शुक्रवार नै सबै पक्षलाई मन्त्रालयमै बोलाएर तत्काल समस्या समाधानका लागि काम थाल्न निर्देशन दिनुभएको थियो ।

गृहमन्त्री थापाको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको टोलीले शनिवार नौबिसे–नागढुंगा सडकको स्थलगत निरीक्षण गरेको थियो । अनुगमनको क्रममा टोलीले सवारी जाम हटाउने बिभिन्न बिकल्प अपनाएपछि यातायात आवगमनमा केही सहज भएको ट्राफिक महाशाखाको भनाई छ । नागरिकलाई शास्ती बढेपछि यातायात आवागमन सहज बनाउन सरकारले विभिन्न रणनीतिसमेत अपनाउन थालेको छ । सडकमा जाम हुन नदिन तत्कालका लागि सडकमा भैपरी आउनसक्ने समस्याका लागि क्रेन र डोजर जस्ता उपकरण तयारी अबस्थामा राखिएको छ ।

यस्तै स्थानीय प्रशासनले आजदेखि १२ चक्के सवारीलाई निश्चित समयमा मात्र प्रवेश गर्न पाउनेगरी व्यवस्थापन गरेको छ । ट्राफिकका अनुसार आजबाट १२ चक्के सवारीलाई सवारी चाप हेरेर रातको ९ बजेपछि मात्र प्रवेश अनुमति दिइने ब्यवस्था मिलाइएको छ । यस्तै सडकमा ओभरटेकको समस्या देखिएकाले प्रत्येक सय मिटरमा प्रहरी परिचालन गरी सवारी अनुशासनलाई कडाई गरिएको र प्रहरीलाई समन्वयात्मक भूमिकाको जिम्मेवारी दिइएको छ ।

यस्तै सडक विभागले सडकको अवस्था सुधार गर्दै खाल्डाखुल्डी पुर्ने लगायतका काम पनि अघि बढाएको छ । दशैंको बेला काठमाडौं उपत्यकाबाट नाकढुंगा नाका हुँदै अधिकांश यात्रु बाहिरिने गरेका छन । सोही कारण दशैं सुरु हुनु अघिबाटै सो सडकमा लामो सवारी जाम हुने गरेको छ । यस पटक केही दिन बिगतमा भन्दा पनि लामो सवारी जाम भई घन्टौं यात्रुले शास्ती खेप्नु परेपछि बिकल्पसहित काम अघि बढाइएको हो । सवारी जाम गर्न बिकल्प अपनाएसँगै आजबाट यात्रुले सहजता महसुस पनि गरेका छन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...