मुख्यमन्त्री शाही नक्कली फेसबुकले हैरान



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नक्कली फेसबुक अकाउन्टले हैरान भएका छन् । त्यसबाट चरित्रहत्याको प्रयास भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उनका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले प्रेस विज्ञप्ति जारी गरी नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन् । ‘सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिगर्ने उद्देश्यका साथ नक्कली आर्इडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्कमार्फत अवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौँ ।’

स्वकीय सचिवालयले त्यस्ता व्यक्ति पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएकोे जनाएको छ । मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउन्टको लिंक महेन्द्र डट शाही डट १६५ रहेको जनाइएको छ । यसबाहेक उनको नाम जोडेर चलाइएका अन्य आर्इडीको विश्वास नगर्न सचिवालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...