ज्ञानेन्द्र शाहीलाई गरिएको कुटपिटप्रति बाबुराम भट्टराईको आपत्ति



हाम्रो इकोनोमि

 

 

आफूलाई भ्रष्टाचारविरुद्धको सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणप्रति पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

डा. भट्टराईले शाहीमाथि गरिएको आक्रमणमा सत्तारुढ दलका कार्यकर्ता संलग्न रहेकोतर्फ संकेत गर्दै लोकतन्त्रमा भिन्न मत राख्नेलाई पिट्न नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै डा. भट्टराईले लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्ने बताएका छन् ।

‘हिजो मण्डलेले लोतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन ! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ,’ डा. भट्टराईले ट्वीटर सन्देशमा भनेका छन्, ‘निरंकुशता÷फासिवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो ! के हाम्रा कमरेडहरु सामाजिक फासिवाददति अन्मुख भएकै हुन् ?’

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...