आइजीपी खनाल राजीनामा दिने मुडमा



हाम्रो इकोनोमि

 

अमेरिकामा हुन गइरहेको विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा जाने तयारीमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) सवेन्द्र खनाल यतिबेला सरकारले आफ्नो अमेरिका भ्रमण अस्वीकृत गरिदिएपछि तनावमा परेका छन् । त्यसमाथि सरकारले उनलाई सुइको समेत नदिइ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको सरुवा गरेपछि चिन्तित मुद्रामा थिए ।

आफ्नो विश्वास पात्र एआइजी ठूले राइलाई प्रहरी मुख्यालयबाट प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरी राइको ठाउँमा आफ्ना प्रतिस्पर्धि एआईजी पुष्कर कार्कीलाई ल्याइदिएपछि चिन्तित मुद्रमा मात्र होइन् आइजीपी खनालले चित्त दुःखाउन पुगेका छन् ।

आफू प्रतिस्पर्धि रहेका एआईजी कार्कीलाई मुख्यालय ल्याउनु सरकारले चालेको चालको रुपमा खनालले लिएका छन् । सरकारसँग राम्रै टूयूनिङ मिलाएपनि पछिल्ला दिनहरुमा खनाललाई सरकारले नरुचाएको र उनका कामबाट असन्तुष्ट रहेको चर्चा व्यापक बनेको छ ।

त्यसोत उनले बिभूषणका लागि सिफारिस गरेका धेरै प्रहरी अधिकारीहरुको नाम त कट्यो कट्यो उनी स्वयमको नाम समेत राखिएन । यसले सरकार र आइजीपी खनालबीच सुमधुर सम्बन्धन नरहेको मात्र होइन सरकार असन्तुष्ट रहेको देखाउँछ । त्यसैगरी निर्मला हत्या प्रकरणमा प्रहरीको भूमिका कमजोर रहेको भन्दै सिंहदरबार खनालसँग असन्तुष्ट रहँदै आएको छ ।

त्यस्तै सर्लाहीमा विप्लव माओवादीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युका सम्बन्धमा शुरुमा इन्काउन्टरमा मारिएको बताएपनि छानबिनपछि प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानी मारिएको पत्ता लागेपछि सरकार अप्ठ्यारोमा परेको थियो । यसले पनि सरकार असन्तुष्ट हुन पुगेको बताइन्छ ।

पछिल्लो पटक प्रहरी मुख्यालयले खरिद गर्ने सवारी साधन लगायत लत्ताकपडा र बन्दोबस्तिका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी मुख्यालयमा छापामारी अनुसन्धान थालेपछि आइजीपी खनाल संकटमा परेका छन् । आयोगले गत भदौ २० गते मुख्यालयस्थित प्रसाशान विभाग अन्तर्गत आर्थिक प्रसाशन महाशाखा र प्रवन्ध शाखाबाट सवारी साधन, पोशाक र बन्दोबस्तिका सामान खरिदका सक्कली कागजात छापामारी नियन्त्रणमा लिएको छ ।

आगामी माघ महिनामा अवकाश पाउन लागेका आइजीपी खनाल पछिल्ला दिनहरुमा एकपछि अर्को विवादमा पर्दै जान थालेपछि र सरकार समेत असन्तुष्ट बनेपछि राजीनामा दिने मुडमा पुगेको बताइन्छ । उनले यस सम्बन्धी आफ्ना निकटका कानुन व्यवसायी र उच्च प्रहरी अधिकारीहरुसँग छलफल पनि गरिरहेका छन् ।

त्यसोत आफूलाई अप्ठ्यारोमा पार्ने मनसायका साथ एआइजी कार्कीलाई मुख्यालय ल्याइएको बुझाइ पनि खनालको छ । कतिपय प्रहरी अधिकारीहरुले खनाललाई राजीनामा दिन सरकारले नैतिक दवाव दिइरहेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...