नेत्रविक्रम चन्दका लुम्बिनी व्युरो इञ्चार्जसहित ३ जना पक्राउ



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना विद्यार्थी नेतालाई प्रहरीले नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्वविद्यार्थी संयोजक नयनसिंह खड्का ‘नवीन’ पक्राउ परेका हुन् । उनीहरुलाई सुनवलको रमवापुरबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शारदा भण्डारीलाई प्रहरीले यसअघि पनि पक्राउ गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएकी थिइन् । पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि प्रहरीले भण्डारीलाई पुनः पक्राउ गरेको थियो । त्यसपछि सर्वोच्चको आदेशमा ७१ दिनपछि भण्डारी रिहा भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...